नेपालको सुदूर पश्चिमी क्षेत्रका सवाईमा प्रयुक्त सन्दर्भ

Authors

  • प्रेमप्रसाद Premprasad चौलागाईंं Chaulagain नेपाली विभाग, त्रिचन्द्र बहुमुखी क्याम्पस, त्रिवि, काठमाडौँ

DOI:

https://doi.org/10.3126/acadview.v9i1.71361

Keywords:

अवधारणात्मक अर्थ, तात्कालिक परिस्थिति, परिस्थितिको सन्दर्भ, व्यापक परिस्थिति

Abstract

यो लेख व्यवस्थापरक तथा प्रकार्यपरक व्याकरणको प्रमुख सैद्धान्तिक मान्यता ‘परिस्थितिगत सन्दर्भ’का आधारमा नेपालको सुदूर पश्चिमी क्षेत्रका सवाईमा प्रयुक्त सन्दर्भको विश्लेषणमा केन्द्रित छ । वाङ्मयका कुनै पनि विधामा प्रयुक्त सन्दर्भको विश्लेषण भाषाप्रयोगको तात्कालिक परिस्थिति र व्यापक परिस्थितिका आधारमा गर्न सकिन्छ भन्ने व्यवस्थापरक तथा प्रकार्यपरक व्याकरणको मान्यता हो । यसैले यस लेखमा पनि भाषाप्रयोगको तात्कालिक परिस्थिति र व्यापक परिस्थितिका आधारमा नेपालको सुदूर पश्चिमी क्षेत्रका सवाईमा प्रयुक्त सन्दर्भको विश्लेषण गरिएको छ । नमुना छनोट पद्धतिका आधारमा सङ्कलन गरी विश्लेषण गरिएका सवाईमध्ये ‘छोरीको विरहको सवाई’ बाट तत्कालीन समाजमा छोराछोरीका बिच भेदभाव रहेको र उक्त भेदभावको उन्मूलनबाट मात्रै नारी र पुरुष दुवैको कल्याण हुनुका साथै समग्र समाजको उन्नति हुन्छ भन्ने सन्दर्भगत अर्थ व्यक्त भएको छ भने ‘उल्टा कलिकालको सवाई’ बाट मानिसहरू सहजता, नियमनिष्ठता, मन, वचन र कर्ममा एकरूपता जस्ता मानवीय मूल्यमान्यतामा भन्दा देखावटीपन र कृत्रिमतामा रमाएका छन् र यस्तो स्थितिको अन्त्य नभई समाजको कल्याण र प्रगति हुन सक्दैन भन्ने सन्दर्भगत अर्थ व्यक्त भएको छ । यसरी सुदूर पश्चिमी क्षेत्रका सवाईले तत्कालीन समाजमा व्याप्त विकृतिको अन्त्य, मानवीय मूल्यमान्यताको संरक्षण र समाजसुधारको चाहनालगायतका विशिष्ट सामाजिक र सांस्कृतिक सन्दर्भ प्रस्तुत गरेका छन् भन्ने निचोड प्रस्तुत लेखबाट प्राप्त भएको छ । ।

Abstract
25
PDF
22

Downloads

Published

2023-12-31

How to Cite

चौलागाईंं Chaulagain प. P. (2023). नेपालको सुदूर पश्चिमी क्षेत्रका सवाईमा प्रयुक्त सन्दर्भ. Academic View, Journal of TUTA Tri-Chandra Campus Unit, 9(1), 187–197. https://doi.org/10.3126/acadview.v9i1.71361

Issue

Section

Articles