नाटकको चौथो चरण कथामा रसविधान
DOI:
https://doi.org/10.3126/acadview.v9i1.71360Keywords:
अनुभाव, आलम्बन, उद्दीपन, सञ्चारी भाव, स्थायी भावAbstract
प्रस्तुत आलेख रसविधानको विश्लेषणमा आधारित छ । रस पूर्वीय साहित्यशास्त्रअन्तर्गतको महŒवपूर्ण सिद्धान्त हो । साहित्यिक रचनाको पठनबाट प्राप्त आनन्द वा भावको आस्वादनलाई साहित्यमा रस भनिन्छ । साहित्यमा रसको विशिष्ट प्रयोगबाट पाठकहृदय आह्लादित हुन्छ । यस अध्ययनमा ‘नाटकको चौथो चरण’ कथामा कुन रसको प्रयोग के कसरी भएको छ भन्ने कुराको निरूपण यही रससिद्धान्तका आधारमा गरिएको छ । यस अध्ययनमा विवेच्य कथामा रस सामग्रीका रूपमा आएका विभाव, अनुभाव, सञ्चारीभाव र स्थायी भावको बेग्लाबेग्लै विश्लेषण गरी निष्कर्ष प्रस्तुत गरिएको छ । यसका लागि प्राथमिक सामग्रीका रूपमा ‘नाटकको चौथो चरण’ कथालाई लिइएको छ । सामग्री विश्लेषणमा गुणात्मक पद्धतिको अवलम्बन गरिएको छ भने विश्लेषणको ढाँचामा रसविधानका सूचक निर्माण गरी त्यसकै आधारमा विश्लेषण गरिएको छ । विवेच्य कथामा नैनबहादुरकी श्रीमतीको मृत्युको हृदयविदारक घटनाको उचित विन्यासबाट करुण रसलाई परिपाक गराइएको छ । यस कथामा करुण रसको अभिव्यक्ति पाठकहृदयलाई विदारण गर्न सक्षम भएकाले त्यो प्रबल रूपमा आएको छ । विभाव, अनुभाव सञ्चारीभावको उचित संयोजनबाट शोक स्थायीभाव उद्बुद्ध भई करुण रस परिपाक भएकाले रसविधानका दृष्टिले प्रस्तुत कथा महŒवपूर्ण र उत्कृष्ट रहेको निष्कर्ष यस अध्ययनबाट प्राप्त भएको छ