वास्तुविज्ञान र शैक्षिक संस्थान

Authors

  • Shaligram Dhakal नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठ (क्याम्पस)

DOI:

https://doi.org/10.3126/abspa.v3i1.81769

Keywords:

वास्तुविज्ञान, पञ्चमहाभूत, मानवजीवन, शैक्षिकसंस्थान, लक्ष्यप्राप्ति

Abstract

प्रकृतिसम्मत वासस्थानले हरेकलाई सानन्दसन्तुष्टि प्रदान गर्दछ । प्रकृतिप्रतिकूल व्यवस्थिति विधिविपरीत हुने भएकाले बस्ने बसाउँने  जोकोही  अभीष्टविमुख हुन पुग्छ । पृथ्वी, जल, तेज, वायु, आकाशको सन्तुलित मिलान नै वास्तुविज्ञान हो, जसमा चराचर जगत् आनन्दपूर्वक अवस्थित छ । त्यही अवस्थानुसारको अनुकूल बसाइव्यवस्थाले नै हरेक मानव चतुर्विध पुरुषार्थसिद्धिमा सफल हुन्छ । जीवनको बाटो कस्तो हुन्छ भन्ने संकेत बस्ने जमिनको माटोले गर्छ । विभिन्न आकारमा जग्गा हुन्छन् । दिशानुसार त्यस आकृतिमा विभिन्न देवताको निवास हुन्छ । वास्वत्मा वास्तुमिलान भनेको तदधिष्ठात्री देवीदेवताको आशीर्वाद ग्रहण गर्नु  हो । मानव जीवनको पहिलो पाइला विद्याध्ययनका लागि लम्कन्छ । साहित्य, संगीत, कला तथा दर्शनले पल्लवित भएको विद्या नै जैवनिक यात्राको चाँदनी हुन्छ । त्यत्तिकै कहाँ विद्ययामृतमश्नुते अर्थात् विद्याबाट नै अमरत्व प्राप्ति हुन्छ भनिएको हो र ? त्यस्तो अमरत्वसाधनाको श्रीगणेश हुने शैक्षिक संस्था यदि वास्तुसम्मत छ भने अवश्य पनि मानव जीवनको लक्ष्य पूरा हुन्छ भन्नु यस अनुसन्धानको अभीष्ट हो ।

Downloads

Download data is not yet available.
Abstract
73
PDF
37

Author Biography

Shaligram Dhakal, नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठ (क्याम्पस)

उपप्राध्यापक

Downloads

Published

2025-07-16

How to Cite

Dhakal, S. (2025). वास्तुविज्ञान र शैक्षिक संस्थान. Achyutram Bhandari Sangit Pratisthan Aalekh, 3(1), 24–35. https://doi.org/10.3126/abspa.v3i1.81769

Issue

Section

Research Articles