नेपालमा धार्मिक, सांस्कृतिक समन्वय र गुह्येश्वरी वा नैरात्म्ययोगिनी
DOI:
https://doi.org/10.3126/voh.v33i1.88867Keywords:
चित्तशक्ति, नैरात्म्य,, परब्रह्म,, समन्वय,Abstract
प्रस्तुत अध्ययन नेपालमा सांस्कृतति समन्वय वा धार्मिक सहिष्णुतासँग सम्बन्धित रहेको छ । नेपालमा प्राचीनकालदेखि कायम रहँदै आएका हिन्दू र बौद्ध धर्मसंग सम्बन्धित धार्मिक मठ, मन्दिर, जात्रा र चाडपर्वहरू समन्वयात्मक रूपमा सञ्चालन हुँदै आएका छन् । वर्तमान समयमा पनि यहाँका जातजाति, परम्परागत धर्म तथा संस्कृतिमा सांस्कृतिक समन्वयता कायमै रहेको पाइन्छ । यो धार्मिक समन्वयसँगै उपत्यकाको गुह्येश्वरी अध्ययनको प्रमुख क्षेत्र रहेको छ । काठमाडांैं उपत्यकामा बसोबास गर्ने मुख्यतः नेवार समुदायका मानिसहरु केही बौद्ध र केही सनातन हिन्दू धर्ममा आवद्ध हुँदै आएका छन् । उपत्यकाका काँठ क्षेत्रमा बस्दै आएका ब्राह्मण, क्षेत्री जस्ता हिन्दू सम्पदायका मानिसहरू र अन्य तामाङ, गुरुङ, मगर जस्ता केही मतवाली जातिका मानिसहरु केहीले बौद्ध र केहीले हिन्दू तथा बौद्ध दुवै धर्म मान्दै आएका छन् । उपत्यकामा सनातनमा शैव र वैष्णव परम्पराले बढी मान्यता पाएको छ भने बौद्धमा महायानको वज्रयान परम्पराको बाहुल्यता छ । दुबै परम्परामा पूजाआजाका साथै तन्त्रयान र साधनाको पनि विशेष महत्व हुन्छ । गुह्येश्वरी यही परम्पराको ज्वलन्त उदाहरण हो । त्यसैले धार्मिक सहिष्णुताको प्रतिक मानिएको नेपाली संस्कृतिमा गुहेश्वरीलाई आधार बनाएर यसैसँग सम्बन्धित सामाग्री खोजी एवम् संकलनगरी धार्मिक र सांस्कृतिक परम्पराको वर्णनात्मक, विश्लेषणात्मक आधारमा अध्ययन पुरा गरिएको छ जसलाई दुबैका आस्थावान र गुरूवर्गले समेत निकै प्राथमिकतामा राखि पूज आरधना, तन्त्र शक्ति र साधनाका लागि अभ्यास गर्दछन् । हिन्दू, बौद्ध दुबैले गुह्येश्वरीको केही मेला, पर्व र जात्रामा सहकार्यमा गर्दछन् र आ—आफ्नो मान्यता अनुसार पूजाआजा, जात्रा उत्सव सम्पन्न गर्दछन् । जसको निरन्तरता ऐतिहासिककालदेखिनै चल्दै आएको छ र यसलाई नेपालको धार्मिक र सांस्कृतिक समन्वयको उदाहरणको रूपमा लिन सकिन्छ । अध्यनयनका क्रममा धार्मिक समन्वय कायम रहेको निष्कर्ष निकालिएको छ ।