१३४७ ई.को राजनैतिक संकट समाधानमा कर्णाट राजकुमारी रुद्रमल्लदेवीको भूमिका

Authors

  • Hiralal Karn

DOI:

https://doi.org/10.3126/voh.v33i1.87300

Keywords:

राजनैतिक संकट, कर्णाटवंश, मल्लवंश, उपराजा, राजकुमारी

Abstract

१३४४ ई. मा राजा अरिमल्लको निधनपछि विगत तीन वर्षदेखि राजाको गद्दी खालि थियो । त्यसमा १३४७ ई. को जनवरीमा उपराजाको गद्दीको अधिकारिणी नायकदेवीको पनि निधन भयो । राजा र उपराजा दुवैको गद्दी खालि भएर देश संकटको भुमरीमा फस्न पुग्यो । यसबेलामा भक्तपुर दरबारको अधिकारिणी देवलदेवी र बनेपा दरबारको जयराजदेवबिच सहमति कायम भई देशले राजनैतिक निकास पाएको थियो । यो सहमति कसरी हुन पुग्यो ? सहमति कायम गराउन कसको भूमिका थियो ? त्यसको चर्चा कहिं पाईंदैन । यस सहमतिपछि जयराजदेव सर्वसम्मत राजा भएका थिए । मेरो यो अध्ययन १३४७ ई. को राजनैतिक संकट समाधानका लागि राजदेव र देवलदेवी बिच सहमति कायम गराउन रुद्रमल्लदेवीको भूमिकाको खोजीमा आधारित रहेको छ । यसका लागि गुणात्मक अनुसन्धान पद्धतिका पुस्तकालयीय विधि, वर्णनात्मक विधि र विश्लेषणात्मक विधिहरुको प्रयोग गरिएको छ । उनी कर्णाटवंशको सिमरौनगढ राजदरबारमा जन्मिएर शरणार्थीको रुपमा भक्तपुरको आफ्नो मावली दरबारमा हुर्किएकी थिइन् । राजनैतिक सम्झौताको क्रममा राजा आनन्ददेवका मठ्याहा छोरा जयराजदेवसित ने.स. ४५७ (१३३७ ई.) मा उनको विवाह भएको थियो । यस अध्ययनको तत्वमीमांसा ९यलतययिनथ० को रुपमा १३४७ ई. मा राजदेव र देवलदेवीको आ–आफ्नो स्वार्थले गर्दा राजा उपराजाको गद्दी खालि हुन गई देश संकटमा फसेको अवस्थामा रुद्रमल्लदेवीको मध्यस्थताबाट सहमति कायम भई देशले सर्वसम्मत राजा पाएको तथ्य रहेको छ । गोपालराज वंशावली, केशरवंशावलीहरुमा वर्णित तत्कालीन घटनाक्रम, अभिलेख र समकालीन साहित्यहरु यसका ज्ञान प्राप्तिका साधनहरु ९भउष्कतझययिनथ० हुन् । रुद्रमल्लदेवीले अपनाएको समन्वयको सिद्धान्तलाई समाज र राष्ट्रले स्वीकार गरेर राजदेवलाई सर्वसम्मत राजा मानेको कुरा यसको मूल्यमीमांसा ९बहष्ययिनथ० रहेको छ । यस समन्वयको सिद्धान्तबाट दुवै कुलमा उनको मानसम्मान बढ्नुका साथै राष्ट्रमा शान्ति सुव्यवस्था कायम भएको थियो ।

Downloads

Download data is not yet available.
Abstract
4
pdf (Nepali)
6

Downloads

Published

2025-12-31

How to Cite

Karn, H. (2025). १३४७ ई.को राजनैतिक संकट समाधानमा कर्णाट राजकुमारी रुद्रमल्लदेवीको भूमिका. Voice of History, 33(1), 245–258. https://doi.org/10.3126/voh.v33i1.87300

Issue

Section

Articles