तनहुँ राज्य र उपत्यकाका मल्ल राज्यहरू बिचको पारस्परिक सम्बन्ध

Authors

  • Tilu Thapa Shrestha Central Department of History

DOI:

https://doi.org/10.3126/voh.v33i1.87296

Keywords:

एकानी शत्रु एकानी मित्र, गुहार, नेपालेश्वर, रणनीति, सन्धि

Abstract

उत्तर मध्यकालीन नेपालमा साना ठुला गरी ५२ वटा भन्दा बढी राज्यहरू अस्तित्वमा थिए । यी राज्यहरुको एक अर्का राज्यबिच कुनै न कुनै सन्धि भएकै हुन्थ्यो । आफ्नो राज्यको विरुद्धमा अन्य राज्यसँग मिल्न नजाओस् भनेर प्रायः राज्यहरुले धेरै राज्यहरुसँग सन्धि गर्दथे । सन्धि गर्दा ‘एकानी शत्रु एकानी मित्र’ को अवधारणा अवलम्बन प्रचलन थियो । कुनै पनि राज्य कमजोर भएको बखत त्यस राज्यबाट जति सकिन्छ फाइदा लिने तर त्यस राज्यलाई आफ्नो राज्यमा एकीकरण नगर्ने रणनीति प्रायः सबै राज्यहरुले अपनाउने गर्दथे । पहाडी राज्य तनहुँले पनि उपत्यकाका मल्ल राज्यहरू बिचको आपसी लडाइँमा सहभागी भएर आर्थिक फाइदा लिएका थिए । उत्तर मध्यकालीन नेपालमा विद्यमान राज्यले अन्य राज्यसँग अपनाउने रणनीति, उपत्यकाका मल्ल राज्यहरू र पहाडी राज्यहरू बिचको सम्बन्ध, तनहुँ राज्यको उपत्यकाका मल्ल राज्यहरू कान्तिपुर, भक्तपुर र ललितपुरसँगको सम्बन्ध आदि विषयवस्तुको संक्षिप्त जानकारी दिनु प्रस्तुत लेखको उद्देश्य राज्यको उपत्यकाका मल्लराज्यहरू कान्तिपुर, भक्तपुर र ललितपुरसँगको सम्बन्धका बारेमा संक्षिप्त जानकारी दिनु प्रस्तुत लेखको उद्देश्य रहेको छ । प्रस्तुत अध्ययन गुणात्मक ढाँचामा आधारित छ । अतः द्वितीय स्रोतहरुको प्रयोग गरेर तयार पारिएको यस लेखको प्रस्तुति वर्णनात्मक र व्याख्यात्मक आधारमा विश्लेषण गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
5
pdf (Nepali)
6

Author Biography

Tilu Thapa Shrestha, Central Department of History

lecturer

Downloads

Published

2025-12-31

How to Cite

Shrestha, T. T. (2025). तनहुँ राज्य र उपत्यकाका मल्ल राज्यहरू बिचको पारस्परिक सम्बन्ध. Voice of History, 33(1), 232–244. https://doi.org/10.3126/voh.v33i1.87296

Issue

Section

Articles