असंलग्न आन्दोलनमा नेपाल

Authors

  • राम कुमार राई

DOI:

https://doi.org/10.3126/voh.v31i1.53900

Abstract

यस लेखको मुख्य ध्येय असंलग्न आन्दोलनमा नेपालको सहभागिता र यसको उपलब्धि बारे अध्ययन गर्ने रहेको छ । दोस्रो विश्व युद्ध पश्चात सुरु भएको शित युद्ध ताका गठित यस आन्दोलनको बारेमा वर्तमान विश्व रङ्गमञ्चमा यसको सान्र्दभिकता भूमिकालाई व्याख्या गरिएको छ । प्रस्तुत लेखमा वर्तमान विश्वमा शान्तिपूर्ण सहअस्तित्वको सिद्धान्तलाई सर्वीपरि मान्दै यसैका आधारमा विकासशील र विकासोन्मुख मुलुकहरुको सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक व्यवस्थालाई सहि दिशातर्फ लैजान सकिन्छ भन्ने ठहर गरिएको छ । नेपालको असंलग्न आन्दोलनमा निरन्तर रुपमा प्रतिनिधित्व र सहभागिताको विश्लेषण गरिएको छ । यो लेख गुणात्मक, विश्लेषणात्मक तथा वर्णात्मक पद्धतिमा आधारित रहेको छ । स्रोत सामाग्रीको संकलन गुणात्मक ९त्तगबष्तिबतष्खभ० प्रकृतिको रहेको छ । यस लेखमा दोस्रो तहको स्रोतको आधारमा तथ्यहरुको विश्लेषण गरिएको छ । विकासोन्मुख देशहरुले शक्ति राष्ट्रहरुको हस्तक्षेप र आर्थिक, वैचारिक प्रभाववाट स्वतन्त्र रहन शान्तिपूर्ण सहअस्तित्वको भावनालाई जीवन्त राख्न पनि असंलग्न आन्दोलनको महत्व र आवश्यकतालाई आजको विश्व परिवेशमा सक्रिय रुपमा कायम गर्नु पर्दछ भन्ने अथार्थ खोज्ने प्रयास गरिएको छ । आजको २१ औं शताब्दीमा आइपुग्दा, असंलग्न आन्दोलनमा पञ्चशीलको (Panchasheel) सिद्धान्त, नीति र उद्देश्यको आवश्यकता रहेको छ । आजको बहुध्रुविय विश्वमा असंलग्न आन्दोलनको औचित्य र आवश्क्ता अझ प्रभावकारी हुने देखिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
39
PDF
253

Downloads

Published

2023-04-20

How to Cite

राई र. क. (2023). असंलग्न आन्दोलनमा नेपाल. Voice of History, 31(1), 82–90. https://doi.org/10.3126/voh.v31i1.53900

Issue

Section

Articles