मुसहर बालबालिकाको शिक्षामा बहिष्करण
DOI:
https://doi.org/10.3126/tuj.v39i2.73021Keywords:
अनार्य, आप्रवासी, बहिष्कृत, समावेशी, मातृभाषाAbstract
विद्यालय उमेरका सबै बालबालिकाको शिक्षमा पहुँच भए पछि मात्र शिक्षाको दिगो विकास लक्ष्य हासिल हुन्छ । दिगो विकास लक्ष्य नम्बर ४ पूरा हुन विद्यालय उमेरका सबै बालबालिकाको शिक्षामा पहुँच पुग्नु पर्दछ । प्रस्तुत लेखमा मुसहर बालबालिहरूको शिक्षामा बहिष्करणको अवस्थाको विश्लेषण गरिएको छ । यो अध्ययनमा गुणात्मक अनुसन्धान ढाँचाको घटना अध्ययन विधि र प्राथमिक र द्वितीयक दुवै स्रोतको प्रयोग गरिएको छ । प्राथमिक सूचनाहरू विद्यार्थी, अभिभावक, प्रधानाध्यापक, शिक्षक, शिक्षा शाखा प्रमुख, सहजकर्ता र वडा अध्यक्षबाट व्यक्तिगत अन्तर्वार्ता, लक्षित समूह छलफल,स्थलगत अवलोकन र नोट टिपोट गरेर पनि सूचनाहरू सङ्कलन गरिएको छ । द्वितीयक सूचनाहरू विविध स्रोतहरू–नीतिगत दस्तावेजहरूको पुनरावलोकन, सैद्धान्तिक साहित्यहरू, अनुभवजन्य प्रतिवेदनहरू र इ–स्रोतबाट सङ्कलन गरिएको छ । अध्ययनको लागि उद्देश्यमूलक नमूना छनोट विधिबाट नेपालको मधेश प्रदेशको लालबन्दी नगरपालिका वडा नम्बर चारमा रहेको मुसहर बस्ती छनोट गरिएको थियो । अध्ययनको क्रममा जन्मदर्ता, गरिबी, शिक्षणको माध्यम, वैकल्पिक शिक्षकको अभावजस्ता कारणले सबै मुसहर बालबालिकाहरू विद्यालयमा भर्ना हुन नसकेका र भर्ना भएकाहरू पनि अधिकांश आधारभूत तह पूरा नगर्दै बिचैमा छोडेको पाइयो । पहुँच बढाउन नगरपालिकाले अभिभावक शिक्षा र किशोरी शिक्षा कार्यव्रम सञ्चालन गरे पनि कार्यक्रममा सहभागीहरू नियमित नहुनु, कार्यक्रम नियमित र तोकिएको अवधिसम्म सञ्चालन नहुनु जस्ता कारणले कार्यक्रम प्रभावकारी हुन नसकेको पाइयो, यसर्थ शिक्षालाई उनीहरूको सिप तथा कामसँग जोड्नुपर्छ र आवश्यकता, रुचिअनुसार उनीहरूकै भाषामा औपचारिक तथा अनौपचारिक शिक्षा दिनुपर्छ । यसको लागि रूपान्तरणात्मक शिक्षा नीति अवलम्बन गर्नुपर्छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.
© Center for Research, Tribhuvan University