नेपाली र सन्थाली भाषाको व्यतिरेकी अध्ययन
DOI:
https://doi.org/10.3126/tuj.v39i2.73016Keywords:
व्यतिरेकी विश्लेषण, मातृभाषा, भाषिक संरचना, भाषापरिवारAbstract
भाषाको व्यतिरेकी अध्ययनले दुई भाषाका बिचको तुलनात्मक अध्ययन गरी भाषाको सिकाइका कठिनाइ र सरल हुने अवस्था पहिचान गरी शिक्षण सहज बनाउने आधार प्रदान गर्दछ । प्रस्तुत लेखको मुख्य उद्देश्य नेपाली र सन्थाली भाषाको व्यतिरेकी अध्ययन गर्नु हो । लेखमा दुईओटा भाषामा रहेका भाषिक व्यवस्थाको व्यतिरेकी पक्ष पहिचान गरी तिनको तुलनात्मक विश्लेषण गरिएको छ । गुणात्मक ढाँचाको उपयोग गरिएको यस लेखमा विश्लेषणात्मक विधिको प्रयोग भएको छ । पुस्तकालय स्रोतबाट तथ्य सङ्कलन गरी तथ्यको तुलनात्मक विश्लेषणसहित निष्कर्ष निकालिएको छ । सन्थाली र नेपाली भाषाका विविध भाषिक व्यवस्थाका बारेमा लेखिएका पुस्तक, लेख, अनुसन्धान प्रतिवेदनलाई तथ्यगत स्रोतका साधन बनाइएको यस लेखमादुई भाषाका भिन्न व्यवस्था पहिचान गरिएको छ । दुई भाषाका बिचमा रहेका भिन्न भाषिकव्यवस्थालाई तालिकीकरणसहित विश्लेषण गरिएको छ । यस लेखमा लिङ्ग, वचन, पुरुष, द्वित्व,सङ्ख्या, कारक, पदसङ्गतिजस्ता पक्षमा भिन्नता रहेको निष्कर्ष प्राप्त भएको छ । उपर्युक्तपक्षका कारण व्यतिरेकी विश्लेषणको सैद्धान्तिक मान्यताका आधारमा नेपाली भाषा सिकाइका सन्दर्भमा सन्थाली मातृभाषी वक्ताले सम्बद्ध पक्षमा बढी त्रुटि गर्न सक्ने र वक्ताको सिकाइमाकठिनाइ उत्पन्न हुने देन्छि । मूलतः सन्थाली मातृभाषाीलाई नेपाली भाषाशिक्षण गर्दा दुईभाषाका बिचमा रहेको भिन्नताको अध्ययन गरी भिन्न रहेका पक्षमा ख्याल गरी भाषाशिक्षण गर्नुपर्ने देखिन्छ । त्यसका लागि सिकारुमैत्री सामग्री निर्माण गरी शिक्षण सिकाइलाई फलदायी बनाउन सकेमा सन्थाली मातृभाषी वक्ताले नेपाली भाषा सिक्दा भाषिक संरचनाको भिन्नताकाकारण गर्ने त्रुटिको न्यूनीकरण हुने अपेक्षा गरिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.
© Center for Research, Tribhuvan University