प्रकरणार्थविज्ञानमा निदर्शन र सन्दर्भन {Demonstration and Reference in Phenomenology}

Authors

  • केशव Keshav भुसाल Bhusal शिक्षाशास्त्र केन्द्रीय विभाग, त्रिवि, काठमाडौँ

DOI:

https://doi.org/10.3126/tuj.v39i1.66757

Keywords:

प्रकरणार्थ, प्रकरणार्थविज्ञान, निदर्शन, निदर्शन प्ररूप, सन्दर्भन, सन्दर्भन प्ररूप

Abstract

प्रस्तुत लेख प्रकरणार्थ विज्ञानसँग निबद्ध रहेको छ । यसमा प्रकरणार्थ विज्ञानको मूलभूत मान्यताअन्तर्गत पर्ने निदर्शन र सन्दर्भनको अध्ययन, अनुशीलन गरिएको छ । प्रकरणार्थ विज्ञानको अवधारणा प्रस्तुत गर्नु, निदर्शन र सन्दर्भनको सैद्धान्तिक चर्चा गर्नु, निदर्शन र सन्दर्भनका प्रकारहरूको वर्णन गर्नु प्रस्तुत अनुसन्धानका प्रमुख उद्देश्य रहेका छन् । यो अनुसन्धान गुणात्मक अध्ययनमा आधारित छ । यसमा द्वितीयक स्रोतका सामग्रीहरूको उपयोग गरिएको छ । यस क्रममा अङ्ग्रेजी सैद्धान्तिक सामग्रीहरूको अधिकाधिक उपयोग गरिएको छ । साथै केही नेपाली सैद्धान्तिक सामग्रीहरूलाई पनि उपयोगमा ल्याइएको छ । यस अध्ययनबाट प्रकरणार्थविज्ञान भाषा प्रयोगको प्रसङ्गगत अध्ययनसँग सम्बन्धित रहेको, निदर्शन र सन्दर्भन कुनै वस्तु, व्यक्ति, घटना, समय वा विषय जनाउने कार्यसँग सम्बन्धित रहेका, निदर्शन र सन्दर्भनका विभिन्न प्ररूपहरू व्यवहारमा रहेका, प्रकरणपरक भाषा प्रयोगमा अर्थबोधका लागि यसबारे आवश्यकीय ज्ञान र व्यवहार अधिगत गर्नु आवश्यक रहेको लगायतका निष्कर्ष निकालिएको छ । यो अध्ययन प्रकरणार्थविज्ञाननिबद्ध निदर्शन र सन्दर्भनका सम्बन्धमा जानकारी लिन लाभदायी हुने अपेक्षा गरिएको छ । साथै यसबाट प्रारणार्थविज्ञान र यसका विभिन्न क्षेत्रमा क्रियाशील रही अन्वेषण गर्न चाहने विद्यार्थी, शिक्षक, अनुसन्धानकर्ता लगायतलाई सैद्धान्तिक अवधारणा ग्रहण गर्न र त्यसको उपयोग गरी प्रयोगपरक अध्ययन विश्लेषण गर्न सघाउ पुग्ने आशा लिइएको छ ।

Downloads

Download data is not yet available.
Abstract
34
PDF
28

Downloads

Published

2024-06-20

How to Cite

भुसाल Bhusal क. K. (2024). प्रकरणार्थविज्ञानमा निदर्शन र सन्दर्भन {Demonstration and Reference in Phenomenology}. Tribhuvan University Journal, 39(1), 188–203. https://doi.org/10.3126/tuj.v39i1.66757

Issue

Section

Articles