अनुराधा उपन्यासमा लैङ्गिकता

Authors

  • त्रिभुवन Tribhuvan बरई Barai भैरहवा बहुमुखी क्याम्पस, सिद्धार्थनगर, रूपन्देही

DOI:

https://doi.org/10.3126/tuj.v38i01.56215

Keywords:

संस्कृति, लैङ्गिकता, प्रतिरोध, प्रतिनिधित्व, पितृसत्ता

Abstract

प्रस्तुत लेखमा लैङ्गिक समालोचनाको सिद्धान्तको केन्द्रीयतामा विजय मल्लको अनुराधा उपन्यासको मूल्याङ्कन गरिएको छ । लैङ्गिकताका दृष्टिकोणले विजय मल्लको अनुराधा उपन्यास कस्तो रहेको छ भन्ने जिज्ञासाको परिपूर्ति गर्नाका निम्ति यो अध्ययन गरिएको हो । लैङ्गिक समालोचनाको सैद्धान्तिक पर्याधारलाई आधार मानी प्राथमिक एबम म्द्वितीयक स्रोतका सामग्रीको उपयोग गरी निगमनात्मक, गुणात्मक र पाठविश्लेषणात्मक शोधविधि अपनाई यस लेखलाई पूर्णता प्रदान गरिएको छ । लैङ्गिक विभेदको दुष्परिणतिको यथार्थाङ्कन, नारीपात्रको सशक्त र सक्रिय प्रतिनिधित्व, नारीको विद्रोही र प्रतिरोधी स्वरको अभिव्यक्ति एवम् लैङ्गिक समानता र स्वतन्त्रताप्रतिको अपेक्षाजस्ता प्रारूपका आधारमा उक्त उपन्यासको मूल्यनिरूपण यस लेखमा गरिएको छ र यस लेखको अन्त्यमा उक्त उपन्यासले लैङ्गिक समविकासको अवधारणाको प्रस्तुतिका माध्यमबाट लोककल्याणको भाव अभिव्यक्त गर्न खोजेको अभिमत पत्ता लगाउनु, स्रष्टालाई उत्पीडित समुदायको समस्याको उठानका माध्यमबाट जनहितकारी साहित्यको सिर्जना गर्न, द्रष्टा र अनुसन्धातालाई लैङ्गिकताको मौलिक विश्लेषण पद्धति अपनाई साहित्यिक कृतिको मूल्यनिरूपण गर्न तथा पाठकलाई लैङ्गिक समविकासको अवधारणा अनुसारको आचरण र व्यवहार स्विकारी मानवीय जीवनमूल्यको महत्व र गरिमा कायम गर्न अभिप्रेरित गरेको कुरालाई निष्कर्षका रूपमा प्रस्तुत गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
52
PDF
64

Author Biography

त्रिभुवन Tribhuvan बरई Barai, भैरहवा बहुमुखी क्याम्पस, सिद्धार्थनगर, रूपन्देही

उपप्राध्यापक

Downloads

Published

2023-06-30

How to Cite

बरई Barai त. T. (2023). अनुराधा उपन्यासमा लैङ्गिकता. Tribhuvan University Journal, 38(01), 170–183. https://doi.org/10.3126/tuj.v38i01.56215

Issue

Section

Articles