जिरो कटेज उपन्यासमा पर्यावरणीय सङ्कट {Environmental Crisis in Zero Cottage Novel}

Authors

  • दीपकप्रसाद Dipakprasad ढकाल Dhakal नेपाली केन्द्रीय विभाग, त्रिवि, कीर्तिपुर Central Department of Nepali, TU Kirtipur, Nepal

DOI:

https://doi.org/10.3126/tuj.v37i1.48299

Keywords:

प्रविधिसंस्कृति, हरितगृह, पारिस्थितिक प्रणाली, विषाक्त समीकरण, पर्याचक्र, techno culture, ecosystem, greenhouse, cycle, toxic equation

Abstract

प्रस्तुत लेख जिरो कटेज उपन्यासको पर्यावरणीय सङ्कटमा केन्द्रित छ । प्रविधिसंस्कृति र आविष्कारका कारण पर्यावरणको अत्यधिक दोहन हुँदा पर्याचक्रमा परेको प्रतिकूलतालाई यस लेखमा विश्लेषण गरिएको छ । कृतिमा पर्याचक्रीय प्रभावको विश्लेषण गर्ने पर्यावरण सिद्धान्त यस लेखको मुख्य सैद्धान्तिक आधार हो । आरम्भमा पर्यावरणीय विश्लेषणका प्रतिमान दिएर पाठका साक्ष्य प्रस्तुत गरिएकाले यसमा निगमनात्मक विश्लेषण विधिको प्रयोग भएको छ । विश्लेषणलाई सामान्यीकरण गरेर निष्कर्षमा पुग्ने क्रममा यस लेखमा आगमनात्मक विधिको पनि प्रयोग गरिएको छ । विश्लेषणका क्रममा जिरो कटेजलाई प्राथमिक र पार्यवरणीय सिद्धान्ततथा व्याख्यात्मक सन्दर्भका अन्य सामग्रीलाई द्वितीयकका रूपमा  पुस्तकालय स्रोतबाट प्रयोग गरिएको छ । जिरो कटेज साइबर संस्कृति र पर्यावरणीय सङ्कटको संयोजित प्रयोग भएको उपन्यास हो । पृथ्वीमा रहेका प्राकृतिक साधनको अत्यधिक दोहनका कारण मानव लगायत अन्य प्रजातिका जीवन एवं पर्याचक्र समाप्त हुने सम्भावनाको सत्याभासमा यो उपन्यास आधारित छ । भूमण्डलीकृत पुँजीवादका कारण नेपाल जस्ता विकासशील देशले पर्याचक्रमा आएका प्रतिकूलताका प्रभाव भोग्नु पर्ने अवस्थाको प्रतीकात्मक चित्रण यस उपन्यासमा गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
50
PDF
60

Author Biography

दीपकप्रसाद Dipakprasad ढकाल Dhakal, नेपाली केन्द्रीय विभाग, त्रिवि, कीर्तिपुर Central Department of Nepali, TU Kirtipur, Nepal

उपप्राध्यापक Assistant lecturer

Downloads

Published

2022-09-20

How to Cite

ढकाल Dhakal द. D. (2022). जिरो कटेज उपन्यासमा पर्यावरणीय सङ्कट {Environmental Crisis in Zero Cottage Novel}. Tribhuvan University Journal, 37(1), 99–110. https://doi.org/10.3126/tuj.v37i1.48299

Issue

Section

Articles