नेपालको महिला आन्दोलनको इतिहास र वर्तमान अवस्था Nepalko Mahila Andolanko Itihas ra Bartaman Awastha

Authors

  • मीना Mina ओझा Ojha पाटन संयुक्त क्याम्पस, त्रिभुवन विश्वविद्यालय, पाटनढोका, ललितपुर Patan Samyukta Campus, TU, Patandhoka Lalitpur

Keywords:

Women rights, Women politics, History, Women movement

Abstract

महिलाले आफ्नो पहिचान र अधिकारको खोजी गर्न पाउनु नैसर्गिक अधिकार हो ।
आफ्नो अधिकारसँगै गाँसिएको मौलिकता र मौलिकताको खोजी गर्ने अधिकारको सदुपयोग
गर्न पाउन अर्को महइभ्वपूर्ण पक्ष हो । नेपाली महिलाले पनि आफ्नो नामका अगाडि वीर,
वीरङ्गाना र विदुषी विशेषण अङ्कित गराउन सफलता प्राप्त गरेको प्रसङ्ग महिला
आन्दोलनबाट भएको इतिहासमा गौरवमय अध्यायको रूपमा अङ्कित रहेको छ । महिला
आन्दोलनको इतिहासले राष्ट्रले, राष्ट्रियता, सामाजिक, आर्थिक, सांस्कृतिक आदि क्षेत्रमा
पु¥याएको योगदान महइभ्वपूर्ण मानिन्छ । खहरेको भेलमा एकै छिन उर्लिएर सुक्नुभन्दा
विशाल सागरमा आफूलाई समाहित गर्नुको सार्थकता, औचित्य एवम् महइभ्व बेग्लै बन्दो
छ । आशाका मधुरदीप जलाउँदै सम्भावनाका कठिन यात्रामा अगााडि हिँड्ने दमन र
कुचेष्टाको जन्जिरलाई चुँडाल्दै अनन्त अधिकार र स्वतन्त्र विचार पोख्न कसैको आदेश
लिइरहनु पर्दैन भन्ने अनुकरणीय उदाहरण बन्न सफल भएको छ नेपालको महिला
आन्दोलन । स्वतन्त्रता र समानता कुनै पनि मुलुकको उन्मुक्त यौवन हो र यसलाई
विसङ्गगतिको पाङ्ग्रा बनाएर गुडाउने हो भने कहिल्यै उम्कन नसक्ने दलदलमा भासिन्छ ।
नेपाली महिला आन्दोलन वर्तमान यगको जीवित उदाहरण हो । समय बदलिए पनि,
राजनैतिक परिवर्तन भइरहे पनि वा सामाजिक मूल्य र मान्यता फेरिइरहे पनि नेपाली
महिलाहरूको यो आन्दोलन उल्लेख्य सहभागितामा चलि नै रहेको छ । यी सबैमा
महिलाहरूकै उल्लेख्य सहभागिता देखिन्छ । यसबाट सिङ्गो नेपाली जनजीवनलाई विस्तारपूर्वक
चियाउन सकिन्छ । विश्वको यस भूखण्डमा नेपाली महिलाको योगदान गर्वको विषय बनेको
छ । नेपालको पुरुषप्रधान समाजमा महिलाका हक–अधिकार घरभित्रै सीमित जस्तै पारिएका
छन् । विभिन्न आरोप लगाएर नारी अस्मितालाई धमिलो पार्ने दुस्साहस शिक्षित वर्गमा पनि
प्रवृत्तिका रूपमा दिनपरदिन बढ्दो छ । हिंसा र विभेद अन्त्यका लागि शताब्दीयौँ अगाडिदेखि
महिलाले कुनै न कुनै माध्यमबाट आन्दोलन गर्दै आएका छन् । नेपालको महिला आन्दोलन,
महिलाको रूपान्तरण, हक–अधिकार स्वतन्त्रता र सार्वभौमिकताको साथै राष्ट्रिय तथा
अन्तर्राष्ट्रिय गतिविधिबाट प्रभावित तथा संस्थागत रूपमा आबद्ध छ । प्रस्तुत लेख यसै
विषयहरूसँग सम्बन्धित रही तयार पार्ने प्रयत्न भएको छ ।

Abstract
2347
pdf
0

Author Biography

मीना Mina ओझा Ojha, पाटन संयुक्त क्याम्पस, त्रिभुवन विश्वविद्यालय, पाटनढोका, ललितपुर Patan Samyukta Campus, TU, Patandhoka Lalitpur

सह–प्राध्यापक Associate Professor

Downloads

Published

2010-12-30

How to Cite

ओझा Ojha म. M. (2010). नेपालको महिला आन्दोलनको इतिहास र वर्तमान अवस्था Nepalko Mahila Andolanko Itihas ra Bartaman Awastha. Tribhuvan University Journal, 27(1-2), 203-208. https://doi.org/10.3126/tuj.v27i1-2.26403

Issue

Section

Science

How to Cite

ओझा Ojha म. M. (2010). नेपालको महिला आन्दोलनको इतिहास र वर्तमान अवस्था Nepalko Mahila Andolanko Itihas ra Bartaman Awastha. Tribhuvan University Journal, 27(1-2), 203-208. https://doi.org/10.3126/tuj.v27i1-2.26403