लेखनाथ पौडेल र उनको ‘पिंजराको सुगा’ कविताको वस्तुविधान lekhnath Poudel ra Unko "Pinjarako Suga" Kabitako Bastubidhan

Authors

  • सीताराम Sitaram राज Raj विष्ट Bista नेपाली केन्द्रीय विभाग, त्रि.वि., कीर्तिपुर Central Department of Nepali, TU, Kirtipur

DOI:

https://doi.org/10.3126/tuj.v28i1-2.26276

Keywords:

lekhnath Poudel, Pinjarako suga, परिष्कारवादी धारा Pariskarvadi Dhara

Abstract

नेपाली साहित्यमा कवि शिरोमणिबाट विभूषित पौड्याल नेपाली कविताको परिष्कारवादी धाराका प्रारम्भकर्ता हुन् । उनको ‘ऋतुविचार’ (१९७३) बाट यस धाराको प्रारम्भ भएको मानिन्छ । उनमा सुरुमा सल्बलाएको धार्मिक–आध्यात्मिक भावना पछि मानवतावादतर्फ बढेको पाइन्छ । उनमा पूर्वीय सभ्यताप्रतिको असीम श्रद्धा र आर्य सभ्यता संस्कृतिको पुनर्जागरण, समाज सुधारको चाहना, नैतिक उपदेश, प्रकृतिको तन्मय चित्रण आदि प्रवृत्तिहरू पाइन्छन् । प्रस्तुत “पिंजराको सुगा” कविता सममात्रिक पादाकुलक छन्दमा रचना भएको छ । वनकुञ्जको स्वच्छन्द वातावरणमा सयर गर्ने सुगा चरीलाई बन्द पिंजरामा कैद गरिदिँदा उसका वेदनामय भाव नै यस कविताको विषयवस्तु रहेको पाइन्छ । उनको यस कवितालाई अभिधार्थ, प्रतीकार्थ, ध्वन्यार्थ, आध्यात्मिक अर्थ र कवि जीवन सापेक्ष अर्थ गरी विभिन्न तहमा अर्थ लगाउन सकिन्छ । अनि यिनैका आधारमा शीर्षक सार्थकता पहिल्याउन सकिन्छ । प्रथम पुरुषीय आत्मकथनको आत्मालापीय वर्णन
गरी रचना भएकाले यसमा प्रथम पुरुष कवि वक्तृप्रौढौक्तिको प्रयोग भएको पाइन्छ ।

Downloads

Abstract
1724
pdf
3077

Author Biography

सीताराम Sitaram राज Raj विष्ट Bista, नेपाली केन्द्रीय विभाग, त्रि.वि., कीर्तिपुर Central Department of Nepali, TU, Kirtipur

सहप्राध्यापक Associate Professor

Downloads

Published

2013-12-02

How to Cite

विष्ट Bista स. S. र. R. (2013). लेखनाथ पौडेल र उनको ‘पिंजराको सुगा’ कविताको वस्तुविधान lekhnath Poudel ra Unko "Pinjarako Suga" Kabitako Bastubidhan. Tribhuvan University Journal, 28(1-2), 393–398. https://doi.org/10.3126/tuj.v28i1-2.26276

Issue

Section

Articles