भाषा शिक्षणमा उच्चारण शिक्षणको आवश्यकता, स्वरूप र प्रक्रिया Bhasha Shikshanma Ucchharan Shikshanko Aabashyakata, Swarup ra Prakriya
DOI:
https://doi.org/10.3126/tuj.v28i1-2.26266Keywords:
अकमकाउनु Akmakaunu, अकार Akar, अक्षर चपाउनु Akshar Chapaunu, अघोष Aghos, अजन्त Ajanta, अक्षर AkshyarAbstract
उच्चारण मूलतः बोलीसँग सम्बन्धित प्रक्रिया हो । यो सस्वर पठन÷वाचनकालागि पनि उत्तिकै महत्त्वपूर्ण र आधारभूत भाषिक प्रविधि हो । भाषा शिक्षणमा कथ्य वामौखिक भाषा र अभिव्यक्तिको व्यापक परिपोषण र सुधारका लागि उच्चारण शिक्षणअपरिहार्य आवश्यकता बनेको हुन्छ । कुनै पनि जीवन्त भाषा ध्वन्यात्मक रूपमै जीवितरहेको हुन्छ र त्यसैको तन्दुरुस्त उच्चारणका माध्यमले सम्प्रेषण सञ्चारको कार्य त्यसलेगरेको हुन्छ । वर्ण विन्यास वा हिज्जेले लेख्य भाषाको प्रतिनिधित्व गर्छ भने उच्चारणलेभाषाको कथ्य वा ध्वन्यात्मक रूपको प्रतिनिधित्व गरेको हुन्छ । संसारका कतिपयभाषाहरू अझै पनि ध्वन्यात्मक रूपमा मात्र जीवित छन् । त्यसैले कुनै पनि भाषाकोपहिलो र आधारभूत रूप भनेको त्यसको बोली हो र त्यही बोलीको प्रतिनिधित्व नैउच्चारण हो । लिप्यात्मक रूपमा चाहेर पनि सङ्केत गर्न नसकिने कतिपय खण्डीय वर्ण रभाषेतर पक्षको समेत हेक्का राखेर सोही अनुरूप उच्चारण गरी बोल्नु पर्ने भएकाले शिक्षणीयदृष्टिले यो लेख्य भाषाभन्दा जटिल र निरन्तर अभ्यास तथा प्रयोग अभ्यासका आधारमापरिमार्जित हुने खालको हुन्छ । सामाजिक र व्यावसायिक जीवनका दैनिक व्यवहारमाअत्यधिक प्रयोगमा कथ्य भाषाकै व्यवहार गरिने भएकाले जबसम्म सम्बन्धित भाषाकोउच्चारणमा अभ्यस्त भइँदैन तबसम्म भाषा सिकेको मान्न सकिँदैन । क्षेत्रीय, स्थानीय रविदेशी भाषाका उच्चारण प्रभाव तथा अन्य कतिपय कारणले उच्चारणमा अनेकौँ त्रुटिहरू हुनेगर्छन्, जसलाई राम्रोसँग पहिचान गरी तिनको सुधार र परिष्कार गर्नमा उच्चारण शिक्षणडोरिनु वा निर्देशित हुनु आवश्यक छ । यस लेखमा यसै दृष्टिकोणलाई मुख्य आधार बनाईभाषा शिक्षणमा उच्चारण शिक्षणको आवश्यकता, स्वरूप र प्रक्रियाहरूको खोजी गर्ने प्रयासगरिएको छ साथै नेपाली भाषा शिक्षणका सन्दर्भमा उच्चारण त्रुटिका कारण र त्रुटिक्षेत्रहरूकोसोदाहरण चिनारी गराउने प्रयत्न गरिनुका साथै शिक्षण कार्यकलाप र त्रुटि निराकरणकाउपायहरू पनि सुझाउने प्रयत्न गरिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.
© Center for Research, Tribhuvan University