गहन पर्यावरणको सैद्धान्तिक अवधारणा Gahan Paryavaranko Saiddhantik Awadharana

Authors

  • गीता Geeta थपलिया Thapaliya त्रिपाठी Tripathi रत्नराज्यलक्ष्मी क्याम्पस Ratna Rajya Laxmi Campus, Kathmandu

DOI:

https://doi.org/10.3126/tuj.v32i2.24724

Abstract

गहन पारिस्थितिक दर्शन प्रकृतिको सर्वोच्चताका पक्षमा केन्द्रित छ । यस दर्शनभित्र पृथ्वीमा रहेका सबै पदार्थ जगत्को समानअस्तित्व रहेको चिन्तन समावेश छ । यस पारिस्थितिक प्रणालीमा जीव र वनस्पतिको अन्तःनिर्भरताको अध्ययन गरिन्छ । पारिस्थितिक प्रणाली पृथ्वीमा रहने आन्तरिक जीवनचक्र हो । यस चक्रलाई पर्यावरणचक्र पनि
भनिन्छ । खासगरी अन्य प्राणीको जस्तै मानिसको अस्तित्वका लागि प्रकृतिका सबै पर्यावरणीय पक्षहरू सन्तुलित स्थितिमा रहनु आवश्यक हुन्छ । आजको प्रविधिमुखी संस्कृतिको पक्षपोषक भएर मानिसले प्रकतिमाथि गरेको अत्याचारले पर्यावरणमा ठूलो असन्तुलन आइरहेकाप्रति विरोध र असहमित राख्दै मानिसको फाइदाका लागि प्रकृति होइन, प्रकृति प्रकृतिकै लागि संरक्षित हुन जरुरी छ र यसका लागि मानिसले आफूलाई प्रकृतिको एकाधिकारी सम्झन छोड्नुपर्छ, आफू पनि प्रकृतिको एउटा सामान्य अस्तित्व भएको स्वीकार्नु आवश्यक छ भन्ने अर्ने नेइसको डिप इकोलोजीसम्बन्धी मान्यताका आधारमा तयार पारिएको गहन पर्यावरणीय अवधारणाको विश्लेषण र कृति विश्लेषणको सैद्धान्तिक ढाँचा यस अध्ययनमा प्रस्तुत गरिएको छ ।

Downloads

Abstract
624
pdf
1963

Author Biography

गीता Geeta थपलिया Thapaliya त्रिपाठी Tripathi, रत्नराज्यलक्ष्मी क्याम्पस Ratna Rajya Laxmi Campus, Kathmandu

Deputy Professor उपप्राध्यापक

Downloads

Published

2018-12-31

How to Cite

त्रिपाठी Tripathi ग. G. थ. T. (2018). गहन पर्यावरणको सैद्धान्तिक अवधारणा Gahan Paryavaranko Saiddhantik Awadharana. Tribhuvan University Journal, 32(2), 281–294. https://doi.org/10.3126/tuj.v32i2.24724

Issue

Section

Articles