धर्मशास्त्रानुसार अष्टादश व्यवहारको अध्ययन

Authors

  • Damodar Regmi

Keywords:

व्यवहार, दण्ड, पण, स्वामी, निक्षेप

Abstract

मानिसलाई अनशासनको सूत्रमा बाँध्ने सबैभन्दा महŒवपूर्ण तŒव नै धर्म हो । संसारमा विविध धर्म र ती धर्मलाई अङ्गीकार गर्ने विभिन्न धर्मावलम्बीहरू रहेका छन् । विशेषगरी दक्षिण एसियाली क्षेत्र त्यसमा पनि दुई मुलुक नेपाल र भारतमा सबैभन्दा धेरै हिन्दू यानिकी वैदिक सत्य सनातन धर्मावलम्बीहरू रहेका छन् । सर्वप्राचीन वैदिक सनातन धर्ममा मानव जीवनमा आवश्यक पर्ने विभिन्न व्यावहारिक विषयवस्तुका बारेमा विशद् चर्चा गरिएका छन् । जसरी सृष्टि अविच्छिन्न गतिमा सञ्चालन हुनुमा ब्रह्मा, विष्णु र महेश्वरबीच अन्योन्याश्रित सम्बन्ध रहिआएको विश्वास गरिन्छ, त्यसैगरी यो समस्त मानव जगत्मा लोककल्याणका लागि नीति र नियममा रही राज्य सञ्चालन गर्न हाम्रा ऋषि महर्षिहरूले गरेको साधनाको उच्चतम देनबाट जन्मिएको धर्मशास्त्रले तत्कालीन समाजलाई धार्मिक, राजनीतिक, भौगोलिक, आर्थिक आदि विविध विषयहरूका बीच सन्तुलन कायम राखी सहज तवरले सञ्चालन गर्न आचार, व्यवहार र प्रायश्चित्त गरी तीन प्रकरणमा धर्मशास्त्रको विधान गरे । त्यस समयको राज्यव्यवस्थालाई सुशासनयुक्त र धर्मसङ्गत रूपमा अघि बढाइराख्न अठार व्यवहारको महŒवपूर्ण स्थान रहेको थियो । राज्य सञ्चालनार्थ राज्यको छुट्टै कानुन नभएको परिवेशमा व्यवहारहरूले नै कानुनको काम गर्ने हुँदा व्यवहारको अद्वितीय भूमिका रहेको स्पष्ट हुन्छ । अतः धर्मशास्त्रमा विधान गरिएका सबै कुराहरू वर्तमान परिप्रेक्ष्यमा उत्तिकै सान्दर्भिक नहुन पनि सक्छन् तर यसो भन्दैमा तिनीहरूको ऐतिहासिक दृष्टिकोणले अध्ययन अनुसन्धान र ती विषयहरूमा विचार–विमर्श गर्नै हुदैन भन्ने चाहिँ छैन् । हिजोआज पनि व्यवहारका कैयन् विषयहरू धर्मशास्त्रअनुसार नै चलिरहेका छन्, जुन अहिलेका नीति निर्माताहरू एवं सामाजिक जनमानसका लागि पठनीय र अनुकरणीय पनि देखिन्छन् । व्यवहार के हो ? वर्तमान समयमा व्यवहारको औचित्य कस्तो छ ? व्यवहारका प्रकारहरू के–के हुन् ? व्यवहारहीनका लागि दण्डव्यवस्था कस्तो छ ? भन्ने कुराको निष्कर्ष यस अध्ययनमा निकालिएको छ ।

Abstract
89
pdf
0

Downloads

Published

2025-04-18

How to Cite

Regmi, D. (2025). धर्मशास्त्रानुसार अष्टादश व्यवहारको अध्ययन . Prajnik Bimarsha प्राज्ञिक विमर्श, 7(13), 62-68. https://doi.org/10.3126/pb.v7i13.77731

Issue

Section

Articles

How to Cite

Regmi, D. (2025). धर्मशास्त्रानुसार अष्टादश व्यवहारको अध्ययन . Prajnik Bimarsha प्राज्ञिक विमर्श, 7(13), 62-68. https://doi.org/10.3126/pb.v7i13.77731