शैक्षणिक योजनाको कार्यान्वयन

Authors

  • Rita Dahal

DOI:

https://doi.org/10.3126/pb.v6i12.70516

Keywords:

कार्यतालिका, कार्यान्वन, शैक्षणिक योजना, शिक्षा, शिक्षण सिकाइ कार्यकलाप

Abstract

प्रस्तुत अध्ययन शिक्षण सिकाइ कार्यकलापलाई व्यवस्थित बनाउन प्रयोगमा ल्याइने शैक्षणिक योजनासँग सम्बन्धित रहेको छ । सामुदायिक विद्यालयमा शैक्षिक प्रशासन र कक्षाकोठाको पठनपाठनलाई प्रभावकारी बनाउँन प्रचलनमा रहेका शैक्षणिक योजनाको कार्यान्वयनको अवस्थाका बारेमा अनुसन्धान गर्नु यस कार्यको उद्देश्य रहेको छ । प्रस्तुत शोधकार्य गुणात्मक अनुसन्धान अन्तर्गत फेनोमेनोलोजी विधिका माध्यमबाट अगाडि बढाइएको छ । यस अध्ययनमा प्राथमिक स्रोतका सामग्रीबाट तथ्य सङ्कलन गरिएको छ । शोधकर्ता स्वयम्को स्थलगत उपस्थितिमा तथ्य सङ्कलन गर्नका लागि असंरचित प्रश्नावली निर्माण गरी अनौपचारिक अन्तर्वार्ता लिइएको छ । प्राप्त तथ्यलाई लिप्यान्तरण गरी कोडिङ, क्याटागोराइज गरेर थिम निर्माण गरी उक्त थिमको प्रशासक नेपाली कक्षा शिक्षक र सहभागी प्रतिनिधि विद्यार्थीबाट प्राप्त अनुभवका आधारमा विश्लेषण गर्नुका साथै स्किनरको स्थापित सिद्वान्तले थप स्पष्ट पारिएको छ । यस अनुसन्धानका लागि छनोट गरिएको नमुना विद्यालयमा शैक्षणिक योजनाको कार्यान्वयनको अवस्था कस्तो रहेको छ भनि अध्ययन गर्न मन्थली न.पा.१ मा अवस्थित नागकन्या माध्यमिक विद्यालयलाई लिएर शैक्षणिक योजनाको प्रयोग व्यवहारलाई हेरिएको छ । यस अनुसन्धानबाट उक्त विद्यालयमा प्रधानाध्यापकद्वारा वार्षिक कार्यतालिका बनाएको, एकाइ योजना प्रयोगमा नरहेको र निर्धारित ढाँचामा नै पाठयोजना नबनाएपनि टिपोटपत्र बनाएर कक्षा शिक्षण गर्ने गरेको प्राप्त तथ्यको आधारमा निष्कर्ष निकालिएको छ । योजना बनाएर शैक्षिक गतिविधिहरू सञ्चालन गर्दा पाठनपाठन सुचारु गर्न सहज भएको र कक्षाकोठाको शिक्षणसिकाइमा पनि के पढाउने भन्ने द्विविधा नहुने र विद्यार्थीसँग सम्बन्धित सम्पूर्ण कार्यकलापहरू सञ्चालन गर्न सहज भएको कुरा यस अध्ययनबाट प्राप्त भएको छ ।

Abstract
76
PDF
45

Downloads

Published

2024-10-04

How to Cite

Dahal, R. (2024). शैक्षणिक योजनाको कार्यान्वयन. Prajnik Bimarsha प्राज्ञिक विमर्श, 6(12), 106–113. https://doi.org/10.3126/pb.v6i12.70516

Issue

Section

Articles