माइतघर उपन्यासमा अनुभूतिको संरचना

Authors

  • Deepak Thapa

DOI:

https://doi.org/10.3126/pb.v6i12.70506

Keywords:

अनुभूति, प्रभुत्व, अधीनस्थ, उदीयमान, पिँढी

Abstract

प्रस्तुत लेख उपन्यासकार लैनसिंह बाबदेलद्वारा लिखित माइतघर उपन्यासमा अनुभूतिको संरचनाको विवेचनामा केन्द्रित छ । अनुभूतिको संरचना रेमन्ड विलियमसले समाजमा प्रायः पहिलो पिँढी शासक तुल्य वा प्रभुत्वशाली रहने, उक्त पिँढीको विरोधमा दोस्रो अधीनस्थ पिँढी जन्म हुन्छ । यस क्रममा दबाब र तनाब सिर्जना हुन्छ । त्यसको समाधान स्वरूप तेस्रो पिँढी वा समुदायले वैकल्पिक बाटो लिन्छ र अनुभूतिको संरचनाले जन्म लिन्छ भन्ने उनको मान्यता छ । यसै मान्यता अनुसार बाबदेलको माइतघर उपन्यासमा पितृसत्तात्मक धार्मिक अन्धविश्वासमा चल्ने परम्परागत नेपाली सामाजिक संरचनामा मूलधारको पिँढीगत चरित्रमाथि प्रकाश पार्दै वैकल्पिक अधीनस्थ पिँढीको स्थिति र प्रभुत्वशाली पिँढीको विरोधको प्रतिकार चेतनालाई लेखको मूल विषय बनाइएको छ । मूलतः पितृसत्ताका प्रभुत्वशाली नायक हरि सामाजिक परिवेशले कमजोर भएकी नारी पात्र सानीको प्रतिरोध र त्यसबाट सिर्जित दबाब र तनाबका अनुभूतिजन्य अवस्था प्रस्तुत भएको छ ।

Abstract
69
PDF
47

Downloads

Published

2024-10-04

How to Cite

Thapa, D. (2024). माइतघर उपन्यासमा अनुभूतिको संरचना. Prajnik Bimarsha प्राज्ञिक विमर्श, 6(12), 53–61. https://doi.org/10.3126/pb.v6i12.70506

Issue

Section

Articles