गोपीचा उपन्यासमा ऐतिहासिक तथ्यको आख्यानीकरण

Authors

  • दिपकप्रसाद Dipakprasad ढकाल Dhakal त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस

DOI:

https://doi.org/10.3126/pb.v6i11.66008

Keywords:

श्यामश्वेत, सत्ता, आख्यानीकरण, जातीय विभेद

Abstract

प्रस्तुत लेख विश्व कुइकेलद्वारा लिखित गोपीचा (२०८०) उपन्यासमा आख्यानीकरणमा केन्द्रित छ । इतिहासमा घटेको वास्तविक घटनालाई आख्यानको वस्तु निर्माण गर्ने हेतुले उपन्यासकारले गरेको काल्पनिक मिथकीय पुनः सृजनका कोणबाट यस लेखको शोध्यविषय निर्दिष्ट गरिएको छ । नेपालको राजनीतिक परिवर्तनमा गणेशमान सिंहले भद्रगोल बन्दीगृह तोडेर भाग्ने क्रममा सहयोगीका रूपमा कार्य गरेको गोपी शर्मा नामक व्यक्ति इतिहासको तथ्य हो । यिनलाई केन्द्रमा राखेर उपन्यासको आख्यान योजना कसरी तयार गरिएको छ भन्ने शोध्य विषय नै यस लेखको अनुसन्धानको पक्ष हो । लेख तयारीका निम्ति पुस्तकालीय कार्यबाट सामग्री प्रयोग गरिएको छ । गोपीचा उपन्यास अनुसन्धानका निम्ति प्राथमिक सामग्री हो भने गोपीचा उपन्यासका विषयमा भएका अध्ययन र इतिहासमा प्राप्त तथ्य द्वितीयक हुन् । यी सामग्रीलाई निगमनात्मक विधिको प्रयोग गरी विश्लेषण गरिएको छ । ऐतिहासिक तथ्यलाई उपन्यासमा आख्यानीकरण गर्दा गरिएका सृजनात्मक पुनरुत्पादन पनि विश्लेषण गरिएकाले आगमनात्मक विधिको पनि प्रयोग भएको छ । यसरी यस लेखमा सत्यापनका तहसम्म अध्ययन क्रमिक बनेको छ । गोपीचा उपन्यासमा गोपी शर्मा नामक पात्रलाई तत्कालीन शासकले अन्तरजातीय विवाहको मुद्दा लगाएर जात घटुवा गरी भद्रगोल जेलमा राखेको ऐतिहासिक तथ्य हो । राणाकालीन समाजमा जात व्यवस्था गहिरोसँग संस्थागत भएको थियो र यही जातीय विविधतालाई बँचाएर शासकले नागरिकमाथि शोषण गर्थे । श्यामश्वेत रूपमा यस उपन्यासमा तत्कालीन समाज प्रतिबिम्बित छ । गोपी शर्मा इतिहासले चिनेको व्यक्ति भए तापनि उसको सङ्घर्षशील चेतना निर्माणमा विविध पक्षले काम गरेको छ । विद्रोह एकै पटक सतहमा देखिने नभई त्यसको वातावरण आन्तरिक रूपमा तयार भएको हुन्छ । यस लेखमा नेवार समाज, राणा परिवारभित्र पनि शोषणमा परेका व्यक्ति तथा सचेत राजनीतिक परिवर्तनका पक्षधर मिलेर विद्रोह सम्पन्न भएको निष्कर्ष प्राप्त भएको छ ।

Downloads

Download data is not yet available.
Abstract
34
PDF
13

Author Biography

दिपकप्रसाद Dipakprasad ढकाल Dhakal, त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस

उपप्राध्यापक

Downloads

Published

2024-05-21

How to Cite

ढकाल Dhakal द. D. (2024). गोपीचा उपन्यासमा ऐतिहासिक तथ्यको आख्यानीकरण. Prajnik Bimarsha प्राज्ञिक विमर्श, 6(11), 69–77. https://doi.org/10.3126/pb.v6i11.66008

Issue

Section

Articles