प्रगतिशील गीतका राजनीतिक अन्तर्वस्तु र दलिय सङ्गठन निर्माणमा भूमिका

Authors

  • टिका प्रसाद Tika Prasad भण्डारी Bhandari

DOI:

https://doi.org/10.3126/pb.v6i11.66005

Keywords:

जनशक्ति निर्माण, सङ्गठन विस्तार, नेकपा (माले), प्रगतिशील गीत

Abstract

प्रस्तुत लेख प्रगतिशील गीतका राजनीतिक अन्तर्वस्तु र सङ्गठन निर्माणसँग सम्बन्धित रहेको छ । न्युमेनले राजनीतिक दलहरूलाई आधुनिक राजनीतिको ‘लाइफलाइन’ मानेका छन् । दलहरूले आफ्नो शक्ति र सङ्गठन विस्तार गर्न अनेक साधनहरूको प्रयोग गर्ने गर्दछन् । पञ्चायतकालीन समयमा नेपालका कम्युनिष्ट घटकहरूमध्ये सबैभन्दा ठुलो साम्यवादी दल नेकपा (माले) ले गीतलाई सङ्गठन विस्तारको आधार बनाएको थियो । यसै सन्दर्भमा राजनीतिक दलहरू प्रतिबन्धित रहेको अवस्थामा उक्त भूमिगत राजनीतिक दलको सङ्गठन विस्तारमा प्रगतिशील गीतले खेलेको भूमिकालाई प्रगतिशील गीतका मूल प्रवृत्ति र अन्तर्वस्तुका दृष्टिविन्दुबाट विश्लेषण गर्नु प्रस्तुत लेखको मूल उद्देश्य हो । वणर्नात्मक ढाँचामा तयार गरिएको यो लेख मुख्यतः गुणात्मक प्रकृतिको रहेको छ । मूलतः प्राथमिक, र द्वितीयक स्रोतबाट प्राप्त तथ्यहरूमा आधारित छ । कम्युनिष्ट पार्टीको सङ्गठन विस्तारमा जनवादी गीतले खेलेको भूमिकाका बारेमा अध्ययन गर्न चाहने अध्येताहरूका लागि यो अध्ययन बढी उपयोगी हुने अपेक्षा गरिएको छ । भूमिगत दल र दलीय शक्तिको सबलीकरणमा प्रगतिशील गीतले एक सांस्कृतिक साहित्यिक अङ्गका रूपमा महत्वपूर्ण भूमिका खेलेको थियो र उक्त गीतहरूले राजनीतिक परिवर्तनको जन आन्दोलन (२०४६) मा समेत प्रभावकारी भूमिका थियो भन्ने प्रस्तुत लेखको मूल निष्कर्ष रहेको छ ।

Downloads

Download data is not yet available.
Abstract
24
PDF
11

Author Biography

टिका प्रसाद Tika Prasad भण्डारी Bhandari

विद्यावारिधि अनुसन्धानरत

Downloads

Published

2024-05-21

How to Cite

भण्डारी Bhandari ट. प. T. P. (2024). प्रगतिशील गीतका राजनीतिक अन्तर्वस्तु र दलिय सङ्गठन निर्माणमा भूमिका . Prajnik Bimarsha प्राज्ञिक विमर्श, 6(11), 50–60. https://doi.org/10.3126/pb.v6i11.66005

Issue

Section

Articles