मुक्तक तत्वको परिधिमा ‘सरुभक्तका मुक्तक’

Authors

  • गौतम Gautam रानाभाट Ranabhat मानव अधिकार आयोग

DOI:

https://doi.org/10.3126/pb.v6i11.65995

Keywords:

धुन्धुकारीहरू, अवयव, घटक, दृष्टान्त

Abstract

प्रस्तुत आलेख मुक्तक तत्वका परिधिमा सरुभक्तका मुक्तक केकस्ता छन् भन्ने खोजी गर्ने उद्देश्यले तयार पारिएको हो । अनुसन्धानलाई पूर्णता दिन सामग्री सङ्कलनमा पुस्तकालयलाई प्रमुख स्रोत मानिएको छ । विषयवस्तुको प्राथमिक स्रोत सरुभक्तका अघिल्ला तीन कृतिसमेत समावेश गरेर एकीकृत रूपमा प्रकाशित कृति ‘सरुभक्तका मुक्तक’ हो । मुक्तक तत्वको अध्ययन क्रममा सो बारेका अनुसन्धान, विश्लेषण, समीक्षा, समालोचनालाई द्वितीय स्रोत सामग्रीका रूपमा उपयोग गरिएको छ । विभिन्न विद्वान्ले अगाडि सारेका चिन्तन एवम् दृष्टिकोणलाई अध्ययनमा सैद्धान्तिक आधार बनाइएको छ । सरुभक्तका मुक्तकलाई मुक्तक तत्वका परिधिमा अध्ययन गर्दा विषयगत सन्दर्भमा उनले समसामयिक जनजीवनका विविध सन्दर्भलाई नै मुक्तकका विषय बनाएका छन् । जहाँ व्यक्तिको व्यक्तिगत जीवनदेखि, सिङ्गो समाज, राष्ट्र, राष्ट्रियता, एकता, विविधतापूर्ण संस्कार संस्कृतिको चित्रण पाइन्छ । यो मात्र नभएर प्रकृतिको चित्रण, राजनीतिक चित्रण, शृङ्गारिक तथा आध्यात्मिक प्रेम, विसङ्गतवाद, अस्तित्ववाद, प्रयोगवादको चित्रण सुन्दर तरिकाले भएको छ । गुणात्मक अनुसन्धान ढाँचामा तयार पारिएको आलेखमा सूक्ष्म पठन र विश्लेषण विधि प्रयोग गरी निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
27
PDF
15

Author Biography

गौतम Gautam रानाभाट Ranabhat, मानव अधिकार आयोग

अनुसन्धाता

Downloads

Published

2024-05-21

How to Cite

रानाभाट Ranabhat ग. G. (2024). मुक्तक तत्वको परिधिमा ‘सरुभक्तका मुक्तक’. Prajnik Bimarsha प्राज्ञिक विमर्श, 6(11), 36–49. https://doi.org/10.3126/pb.v6i11.65995

Issue

Section

Articles