महिला प्रौढ शिक्षा र यसको प्रभाव
Keywords:
साक्षरता, सकारात्मक परिवर्तन, प्रौढ शिक्षा, सामाजिक नेतृत्व, आर्थिक समानताAbstract
नेपालमा सञ्चालन हुने आधारभूत प्रौढ साक्षरता कक्षाहरू सामान्यतया लक्षित समूहका महिलाहरूलाई पायक पर्ने
स्थानमा, फुर्सदको समयमा (दिनको २ घण्टाका दरले करिब ६ महिनासम्म) सञ्चालन गरिन्छ । यी कक्षाहरूमा तालिम प्राप्त
सहयोगी कार्यकर्ताहरूले “नयाँ गोरेटो” जस्ता पाठ्यसामग्री र पहिलो तथा दोस्रो पाइलाका माध्यमबाट साक्षरता प्रदान
गर्छन् । अध्ययनहरूले देखाए अनुसार प्रौढ कक्षाहरूमा १५ देखि ३५ वर्ष उमेर समूहका महिलाहरूको सहभागिता अन्य उमेर
समूहको तुलनामा बढी रहने गरेको छ । ग्रामीण तथा तराई क्षेत्रमा विशेष गरी मधेसी, आदिवासी, जनजाति र पिछडिएका
समुदायका गृहिणी महिलाहरू यसबाट लाभान्वित भएका छन् । कार्ल माक्सका अनुसार व्यक्तिको विचार, चिन्तन र कार्य
सामाजिक निर्धारक नभई आर्थिक संरचनाले निर्धारित गर्दछ । आर्थिक असमानताको कारण समाजमा वर्ग निर्माण हुन्छ ।
माक्सको अन्तर्विरोधको नियमअनुसार अशिक्षित वर्गलाई शिक्षित सरह शिक्षाको पहुँचमा ल्याउन सबै वर्गबीच मित्रतापूर्ण
व्यवहार सिर्जना गरी उत्प्रेरण् ात्मक सिकाइ गराउन सकिन्छ भन्ने सिद्धान्तलाई आधार लिएर धुनिबेंसी नगरपालिका वडा नं
१,२, र ९ का विभिन्न केन्द्रहरूमा गरिएको अध्ययनबाट महिला प्रौढ शिक्षाले उनीहरूको साक्षरता र व्यवहारमा सकारात्मक
परिवर्तन आएको छ भन्ने कुरा यस अध्ययनको निष्कर्ष रहेको छ ।