योगी नरहरिनाथका सिद्धि र चमत्कार एक अन्वेषण

Authors

  • Yogi Dayanath

Keywords:

योगी नरहरिनाथ, नाथ सम्प्रदाय, योगशक्ति, मौखिक इतिहास, जनस्मृति

Abstract

राष्ट्रगुरु योगी नरहरिनाथ आधुनिक नेपालको धार्मिक, ऐतिहासिक, सांस्कृतिक र बौद्धिक क्षेत्रमा विशिष्ट स्थान राख्ने 
नाथयोगी, संस्कृतविद्, इतिहास–अन्वेषक, लेखक, सम्पादक, साधक तथा वैदिक–सांस्कृतिक अभियन्ता हुन । उनको जीवन 
र साधनासँग असाधारण स्मरणशक्ति, आशुकवित्व, कठिन भूगोलमा तीव्र पदयात्रा, यौगिक शरीरनियन्त्रण, लघिमा, 
आकाशगमनसँग तुलना गरिएका अनुभव, अदृश्यता, सीमित साधनबाट असामान्य कार्य सम्पन्न भएका अनुभूति र अन्य 
चमत्कारिक कथनहरू जोडिएका छन् । प्रस्तुत अध्ययनको उद्देश्य यस्ता विवरणलाई श्रद्धामूलक आख्यानका रूपमा पुनरावृत्ति 
गर्नु मात्र नभई तिनको स्रोत, प्रमाणको प्रकृति, नाथ–हठयोगीय सिद्धान्तसँगको सम्बन्ध र जनस्मृतिमा तिनको निर्माणलाई 
आलोचनात्मक रूपमा विश्लेषण गर्नु रहेको छ  । प्रस्तुत अध्ययन गुणात्मक, ऐतिहासिक, पाठविश्लेषणात्मक र व्याख्यात्मक 
विधिमा आधारित छ । यसमा जनकलाल शर्माको प्रत्यक्ष संस्मरण, योगी नरहरिनाथका शिष्य तथा भक्तसँग अभिलेखित 
मौखिक साक्ष्य, हठयोगप्रदीपिका, नाथसिद्धसम्बन्धी साहित्य, नरहरिनाथका कृति तथा कार्यको सूची र आधुनिक प्राज्ञिक 
अध्ययन प्रयोग गरिएको छ । अध्ययनबाट नरहरिनाथको तीव्र पदयात्रा, व्यापक देशाटन, विशाल ग्रन्थ तथा अभिलेख 
सङ्कलन, लेखन–सम्पादन, कोटिहोम अभियान, वैदिक–सांस्कृतिक संस्थागत कार्य र बहुशास्त्रीय विद्वत्ता पर्याप्त स्रोतबाट 
समर्थित देखिन्छ । आकाशमा तैरिएको, लघुरूपमा देखिएको, अदृश्य भएको वा असामान्य रूपमा सीमित स्थान र भोजनबाट 
धेरै व्यक्तिलाई समेटिएको जस्ता विवरण प्रत्यक्षदर्शी वा मौखिक साक्ष्यका रूपमा महत्वपूर्ण भए पनि तिनलाई ऐतिहासिक 
रूपमा प्रमाणित अलौकिक घटना भन्न थप स्वतन्त्र प्रमाण आवश्यक छ । त्यसैले नरहरिनाथका सिद्धि र चमत्कारको अध्ययनमा 
ऐतिहासिक तथ्य, प्रत्यक्ष अनुभव, मौखिक स्मृति र आध्यात्मिक व्याख्याबीच स्पष्ट भेद कायम गर्नु आवश्यक देखिन्छ । 

Abstract
52
pdf (Nepali)
71

Downloads

Published

2026-09-19

How to Cite

Dayanath, Y. (2026). योगी नरहरिनाथका सिद्धि र चमत्कार एक अन्वेषण . Prajnik Bimarsha प्राज्ञिक विमर्श, 8(2), 106-113. https://doi.org/10.3126/pb.v8i2.100292