नेपालमा संघीयताको स्वरूप, इतिहास, अवस्था र चुनौतिहरू

Authors

  • Baidevi Hamal

Keywords:

संघीयता, पुर्नसंरचना, शासन प्रणाली, विकेन्द्रिकरण, संविधान

Abstract

संघीयता एकल अवधारणा मात्रै नभएर धेरै अवधारणाहरूको मिश्रण हो । यो अवधारणा भन्नु नै विभिन्न तहका 
सरकारको बीचमा सार्वभौमिकताको उपयोग हो । यसअन्तर्गत समानता, सगोलता सार्वभौमिकता, विश्वास, अन्तर्राष्ट्रिय कानुन 
र संवैधानिक राज्य परेको देखिन्छ । यही परिदृष्यका साथ बहुभाषा, धर्म, जाति र संस्कृति बोकेको, भौगोलिक विविधताले 
भरिपूर्ण हाम्रो नेपालमा संघीय शासन व्यवस्था लागु भएको अवस्था छ । मिति २०७२ साल असोज ३ गते दोस्रो संविधान 
सभाका करिब ९० प्रतिशत सभासद्ले हस्ताक्षर गरी सरकारमार्फत शासन व्यवस्था सूचारु भैरहेको छ । संविधानमा उल्लेख 
भए अनुरूप तीन तहको सरकार संघ, प्रदेश र स्थानीय समेत गरी तीन तहमा सरकारको वर्गीकरण गरी शक्ति बाँडफाँड गरिएको 
छ । जनसंख्याको ठूलो हिस्सा अझै पनि राजनीतिक चेतनाको अभावले देशको शासकीय स्वरूपमा बदलिएको र नयाँ 
संरचनाका बारेमा अनभिज्ञ नै रहेको देखिन्छ । त्यसैले नेपालमा संघीयताप्रति त्यति चासो र लगाव नभएको बुझिन्छ । यही 
अन्यौलता लाई केही कम गर्ने उद्देश्यले नेपालमा संघीयता किन लागु भयो ? यसको इतिहास के छ ? प्रशासनिक संरचना 
कस्तो छ ? कार्यान्वयन कसरी भैरहेको छ ? चुनौतिहरू के के हुन् ? भन्नेबारे केन्द्रित रहेर यो लेखबाट प्रष्ट पार्न खोजिएको 

छ ।  

Abstract
21
pdf (Nepali)
20

Downloads

Published

2026-09-20

How to Cite

Hamal, B. (2026). नेपालमा संघीयताको स्वरूप, इतिहास, अवस्था र चुनौतिहरू . Prajnik Bimarsha प्राज्ञिक विमर्श, 8(2), 93-98. https://doi.org/10.3126/pb.v8i2.100266