झिम्रेक युद्ध (वि.सं. १८३८) ः चौबिसे राज्यहरूको गोरखाविरुद्धको अन्तिम संयुक्त सैन्य अभियान

Authors

  • Janardan Dhakal

Keywords:

झिम्रेक युद्ध, नेपाल एकीकरण, चौबिसे राज्य, गोरखा सिरानचोक, लमजुङ

Abstract

नेपाल एकीकरणको इतिहासमा नुवाकोट, कीर्तिपुर, मकवानपुर, सिन्धुलीगढी तथा लमजुङ विजयजस्ता युद्धहरूबारे 
पर्याप्त अध्ययन भएको पाइन्छ । तर वि.सं. १८३८ मा सम्पन्न झिम्रेक युद्ध, जसले चौबिसे राज्यहरूको संयुक्त प्रतिरोधलाई 
निर्णायक रूपमा कमजोर बनाउँदै पश्चिमी एकीकरण अभियानलाई नयाँ दिशा दिएको मानिन्छ, त्यसबारे विस्तृत अनुसन्धान 
अपेक्षाकृत न्यून छ । प्रस्तुत अध्ययनले उपलब्ध ऐतिहासिक ग्रन्थ, वंशावली, स्थानीय मौखिक परम्परा तथा झिम्रेक, 
सिरानचोक, हर्मी, सिमजुङ, भच्चेक र चेपे नदी आसपासका ऐतिहासिक स्थलहरूको तुलनात्मक विश्लेषण गरी युद्धको 
ऐतिहासिक महत्त्वलाई पुनःमूल्याङ्कन गर्ने प्रयास गरेको छ । अध्ययनबाट झिम्रेक युद्ध स्थानीय सीमित सङ्घर्ष मात्र नभई 
नेपाल एकीकरण अभियानको पश्चिमी मोर्चामा निर्णायक मोड सिद्ध भएको देखिन्छ । तिनै कुरालाई अध्ययन गरी यहाँ प्रस्तुत 
गरिएको छ । 

Abstract
17
pdf (Nepali)
13

Downloads

Published

2026-09-20

How to Cite

Dhakal, J. (2026). झिम्रेक युद्ध (वि.सं. १८३८) ः चौबिसे राज्यहरूको गोरखाविरुद्धको अन्तिम संयुक्त सैन्य अभियान. Prajnik Bimarsha प्राज्ञिक विमर्श, 8(2), 41-47. https://doi.org/10.3126/pb.v8i2.100259