औपन्यासिक तत्त्वका आधारमा ‘विश्वकर्मा भोजनालय’

Authors

  • Achyutraj Upadhyay Tiwari

Keywords:

दलित, भोजनालय, समानता, संसद, सरकार

Abstract

उपन्यासकार गङ्गाप्रसाद भेटवालद्वारा लिखित दोस्रो उपन्यास विश्वकर्मा भोजनालय  (२०८३) हो र यसभन्दा 
अगाडि भेटवालको पर्दाभित्र...(२०८०) उपन्यास प्रकाशित भएको छ । यस उपन्यासमा नेपाली समाजमा कथित दलित 
जाति मानिएको विश्वकर्मा परिवारका सदस्यहरूलाई मुख्य पात्रका रूपमा प्रस्तुत गर्दै तिनीहरूको सफलताको कथालाई प्रस्तुत 
गरिएको छ । विश्वकर्मा परिवारका सदस्यहरू सुरज विश्वकर्मा, एलिसा विश्वकर्मा, राजु र प्रतिभा विश्वकर्मा चार पात्रलाई 
मुख्य पात्रका रूपमा प्रस्तुत गरी भोजनालयको व्यवसायमा प्रवेश गराइएको छ । विश्वकर्मा परिवार देशप्रेमले ओतप्रोत भएर 
आफ्नै देशमा केही गर्नुपर्छ, पिछाडिएको समाजलाई हेपिएको, ठगिएको, उपेक्षित भएको समाजलाई राज्यको मूलधारमा 
ल्याउनुपर्छ भनेर दत्तचित्त भएर लागेको छ । नेपाली समाजमा कथित दलित भनिएकाहरूले होटल व्यवसाय खोलेर त्यसको 
सफल सञ्चालन गर्न सक्नु चानचुने विषय होइन । यो चुनौतीको विषय हो । चुनौतीको विषयलाई उनीहरूले स्वीकार गरेर 
सफल हुनु नेपालमा जातिपातिको विभेद अन्त्य भएको सङ्केत उपन्यासमार्फत आएको छ । उनीहरूले विश्वकर्मा 
भोजनालयलाई अन्य आमभोजनालय जस्तै गरी नेपाली समाजमा स्थापित गरी कथित दलित भनिएकाहरूले अब भान्सामा 
विभेद गर्नुपर्ने अवस्था छैन भन्ने सङ्केत गरेको छ भने पिछाडिएको वर्गलाई अब यो प्रकारको व्यवसाय गर्दा सकिन्छ भन्ने 
सन्देश पनि दिएको छ । नेपाली समाजमा समाजिक रोगको रूपमा विकसित भएको छुत–अछूत प्रथाको अन्त्य हुने हुनुपर्छ 
भन्ने कुरा जोडदार रूपमा उठाएको छ । समाजको विभेद अन्त्य गरेपछि विश्वकर्मा परिवारका युवा सदस्यहरू नेपालको 
बदलिँदो राजनीतिको आड लिएर चुनावमार्फत निर्वाचित भई नेपालको संविधानमा लेखिएका विश्वकर्मालाई असर पर्न सक्ने 

शब्दहरू परिमार्जन गर्न कानुनी रूपमा भूमिका खेल्न सक्ने अवस्थामा पुगेका छन् । अबको जमानामा दलित शब्दको प्रयोग 
कुनै जाति समूह वर्गलाई गर्न मिल्छ कि मिल्दैन भन्ने बौद्धिक बहस पनि 

Abstract
28
pdf (Nepali)
21

Downloads

Published

2026-09-20

How to Cite

Tiwari, A. U. (2026). औपन्यासिक तत्त्वका आधारमा ‘विश्वकर्मा भोजनालय’. Prajnik Bimarsha प्राज्ञिक विमर्श, 8(2), 1-8. https://doi.org/10.3126/pb.v8i2.100254