सामुदायिक माध्यमिक विद्यालयमा भाषिक सिप विकासमा कथा शिक्षणका विधि तथा क्रियाकलापहरूको प्रयोग अवस्था

Authors

  • तिलक Tilak लम्साल Lamsal नेपाल खुला विश्वविद्यालय, मानभवन, ललितपुर

DOI:

https://doi.org/10.3126/kv.v5i1.71007

Keywords:

पाठयक्रम, सिकाइ क्रियाकलाप, नेपाली भाषा, शिक्षण विधि, कथा शिक्षण

Abstract

प्रस्तुत लेख सामुदायिक माध्यमिक विद्यालयमा नेपाली भाषा शिक्षकले के कस्ता विधि तथा क्रियाकलापको प्रयोग गरी कथा शिक्षण गर्दछन् भन्ने अनुसन्धान प्रश्नसँग सम्बन्धित समस्यामा केन्द्रित रहेको छ । उक्त समस्यामा आधारित भई नेपाली भाषा शिक्षकले प्रयोग गर्ने गरेका कथा शिक्षण विधि र त्यससम्बद्ध क्रियाकलापहरूको विश्लेषण गर्नु यस लेखको उद्देश्य रहेको छ । विद्यार्थीलाई सुनाइ, बोलाइ, पढाइ, लेखाइजस्ता भाषिक सिपमा सक्षम बनाउनका लागि नेपाली भाषा शिक्षकहरूले साहित्यको कथा विधा शिक्षणमा के कस्ता विधि तथा क्रियाकलापहरू उपयोग गर्दछन् भन्ने पक्षको यस लेखमा अध्ययन गरिएको छ । गुणात्मक ढाँचामा आधारित प्रस्तुत लेखमा माध्यमिक तहका नेपाली भाषा शिक्षकहरूसँग अन्तर्वार्ता लिएर कथा शिक्षणमा प्रयोग भएका विधि तथा क्रियाकलापको खोजी गरिएको छ । तथ्यको वर्णन तथा विश्लेषण गर्दा आगमन विधिको प्रयोग गरिएको छ । प्राप्त तथ्यलाई विश्लेषण गर्दा नेपाली भाषा शिक्षकहरूले कथा शिक्षण गर्दा सस्वर वाचन, मौन वाचन, व्याख्यान÷प्रवचन, प्रश्नोत्तर, छलफल, सन्देश बोध, समीक्षात्मक लेखन आदि विधि तथा क्रियाकलापहरू गर्ने गरेको पाइयो । यस अध्ययनबाट माध्यमिक शिक्षा पाठ्यकम (कक्षा ९, १०), २०७८ को नेपाली विषयको पाठ्यक्रमले निर्दिष्ट गरेका कथा शिक्षण सिकाइ सहजीकरणका विधि तथा क्रियाकलापहरूको कम मात्रामा शिक्षकले प्रयोग गर्ने गरेको, शिक्षक केन्द्रित विधि बढी प्रयोग गर्ने गरेको नतिजा निस्किएको छ । यसका लागि कथा शिक्षणसँग सम्बन्धित दुर्बल पक्षहरू कम गर्न कथा शिक्षणका विधि तथा सिकाइ सहजीकरणका कार्यकलापका सम्बन्धमा नेपाली भाषा शिक्षकलाई पाठ्यक्रम प्रबोधिकरण र शिक्षण विधिसम्बन्धी थप तालिम दिनुपर्ने निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
32
PDF
26

Author Biography

तिलक Tilak लम्साल Lamsal, नेपाल खुला विश्वविद्यालय, मानभवन, ललितपुर


उपप्राध्यापक, नेपाली शिक्षा

Downloads

Published

2024-10-22

How to Cite

लम्साल Lamsal त. T. (2024). सामुदायिक माध्यमिक विद्यालयमा भाषिक सिप विकासमा कथा शिक्षणका विधि तथा क्रियाकलापहरूको प्रयोग अवस्था. Kutumbha Vani, 5(1), 146–155. https://doi.org/10.3126/kv.v5i1.71007

Issue

Section

Articles