नेपालको इतिहासमा सिद्ध र प्रथम सहिद लखन थापा मगर

Authors

  • ढकबहादुर Dhakbahadur मगर Magar डिग्री.क्याम्पस, विराटनगर

DOI:

https://doi.org/10.3126/kv.v5i1.71006

Keywords:

प्रजातान्त्रिक आन्दोलन, प्रथम सहिद, मनकामना देवी, गोरखनाथ बावा, सिद्ध

Abstract

सानो गोर्खा राज्यको इतिहास देखि सिङगो नेपालको इतिहासमा देखिएका एकै जाति ,समूदाय, एकै स्थानमा महत्वपूर्ण ऐतिहासिक व्यक्तित्वहरु सिद्ध लखन थापा मगर र प्रथम सहिद खलन थापा मगरको उदय र अन्त भएको थियो । सिद्ध लखन थापा मगर राजा राम शाहको शासन कालमा साक्षात भगवती रानी लिलावतीको सेवकको रुपमा गोरखनाथ बावाले सिद्ध बनाएर गोर्खा दरवारमा लगेका थिए । दरवारमा रानीको सेवकको साथै राजा राम शाहको प्रमुख सल्लाहकारको रुपमा पनि रहेका थिए । उनले दैवीय चमत्कारीका कार्यहरु गरी तत्कालीन गोर्खा दरवारमा आश्चर्यचकित बनाएका थिए । राजाको निधन पछि सति जान लागेकी रानीको सल्लाह अनुसारनै आफ्नो घर आएर बसे । साथै रानीले भने अनुसार नै सिलाको रुपमा उत्पन्न भएर  पुन सेवा गर्ने अवसर प्रदान गरिन । मनकामना देवीको रुपमा उत्पती भए पछि सिद्ध लखन थापा मगर मूल पूजारी भएर सेवा गर्न थाले  । उनले मनकामना देवीको पूजाविधी र पुजारी वंशानुगत व्यवस्था मिलाएर तीर्थ गर्न गए, धेरै दिन पछि फर्केर आए , तर घरमा आफ्नो काजकिरिया गरि सकेको  भन्ज्याङमा भेट भएका चेलीबाट थाहा पाएपछि नजिकैको गुफामा आफुले टेकेको भीमसेनपातीको लाठी गुफा अगाडि राखेर अलप भए । त्यस्तै प्रथम सहिद लखन थापा मगर वि.स.१८९१ मा जन्मी गोरखनाथ गणमा  सैनिक भएका थिए । जंग बहादुर राणाको निरङकुस शासनबाट आक्रोसित भै सैनिक सेवा छोडी धार्मिक आडमा जंग बहादुर राणाको विरुद्ध जनस्तरको समर्थन प्राप्त गरी  विद्रोह गरेका थिए । वि.स. १९३३ मा जंग बहादुरले उनी लगाएत अन्य सात जनालाई हत्या गरेका थिए ।अतः उनकै पे्ररणा बाट २००७ सालको क्रान्ति सफल भएको थियो । आज हजारौं सहिदहरुको सृखलाको क्रममा प्रथम सहिदको रुपमा सम्मानित भएका छन ।

Abstract
57
PDF
54

Author Biography

ढकबहादुर Dhakbahadur मगर Magar, डिग्री.क्याम्पस, विराटनगर

उप–प्रा., इतिहास शिक्षण समिति

Downloads

Published

2024-10-22

How to Cite

मगर Magar ढ. D. (2024). नेपालको इतिहासमा सिद्ध र प्रथम सहिद लखन थापा मगर . Kutumbha Vani, 5(1), 139–145. https://doi.org/10.3126/kv.v5i1.71006

Issue

Section

Articles