नेवारी र नेपाली भाषाका शब्दहरूको तुलनात्मक अध्ययन {A comparative study of words in Newari and Nepali languages}

Authors

  • शारदा Sharada श्रेष्ठ Shrestha धनकुटा बहुमुखी क्याम्पस, धनकुटा

DOI:

https://doi.org/10.3126/jotmc.v6i01.56470

Keywords:

राष्ट्रभाषा, बहुभाषिकता, नेपाल भाषा, रञ्जना लिपि, व्यतिरेकी

Abstract

नेपाल बहुलवादमा आधारित समाज भएको र बहुभाषिक नेपालमा मुलतः पाँच भाषा परिवारका भाषा बोलिने गरेको प्रमाण भेटिन्छ । यी भाषा परिवारमध्ये भारोपेली भाषा परिवार अन्तर्गत पर्ने नेपाली भाषा र भोटबर्मेली भाषा परिवार अन्तर्गत पर्नेनेवारी (नेपाल) भाषाका दैनिक प्रयोजनमा आइरहने ४२४ ओटा शब्दहरूका बिचमा के कति समानता र के कति भिन्नता रहेका छन् भनी यी शब्दहरूको बिच व्यतिरेकी अध्ययनका लागि धनकुटा नगरपालिका अन्तर्गतका ४, ५, ६ र ७ नम्बर वडामा बोलिने नेवारी भाषालाई आधार मानेर अध्ययन गरिएको छ । नेवारी भाषा र नेपाली भाषाका शब्दहरू बिच तुलना गर्नु, नेवारी भाषाका शब्दहरूको सङ्कलन गर्नु र नेवारी भाषाका विशेषताहरू पहिल्याउने उद्देश्यका साथ यो अध्ययन गरिएको थियो । अनुसन्धान नतिजाबाट नमुना छनौट गरिएका शब्दहरूमा एकरूपता पाइयो भने लवजमा भने केही भिन्नता पाइयो । नेवारी (नेपाल) भाषाको विकास र विस्तारका लागि नेवारी भाषाको प्रयोग व्यवहारको सन्दर्भलाई नियाल्दा दिनानुदिन घट्दो क्रम देखियो । यसर्थ नेवारी भाषाको संरक्षण र संबर्धनका लागि नीतिगत तहमा नेवारी भाषाका बारेमा अध्ययन अनुसन्धान तिब्र रूपमा हुनुपर्ने, नेवारी भाषाका वक्ताहरुले भाषाको महत्वलाई ध्यानमा राखी आफ्नो बालबालिकाहरूलाई पनि नेवारी भाषा सिकाउने कार्य सुझाबको रूपमा राख्न सकिन्छ । नेपालको संविधान २०७२ मा व्यवस्था भएको मौलिकहक अन्तर्गत मातृभाषामा शिक्षा आर्जन गर्न पाउने हकलाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउन सक्दा नेवारी भाषालाई लोपोन्मुख हुनबाट बचाउन सक्ने देखिन्छ ।

Downloads

Download data is not yet available.
Abstract
18
PDF
378

Downloads

Published

2023-07-10

How to Cite

श्रेष्ठ Shrestha श. S. (2023). नेवारी र नेपाली भाषाका शब्दहरूको तुलनात्मक अध्ययन {A comparative study of words in Newari and Nepali languages}. Journal of Tikapur Multiple Campus, 6(01), 288–301. https://doi.org/10.3126/jotmc.v6i01.56470

Issue

Section

Articles