लिखे उपन्यासमा दलित उत्पीडनविरुद्धको चेतना
DOI:
https://doi.org/10.3126/jmcrj.v14i1.92849Keywords:
उत्पीडन, ब्राह्मणवाद, वर्गसङ्घर्ष, समतामूलक समाजAbstract
प्रस्तुत लेख लिखे उपन्यासमा रहेको दलित उत्पीडन र यस विरुद्धको चेतनाको विश्लेषणमा केन्द्रित रहेको छ । यस लेखमा दलित उत्पीडन र त्यसका विरुद्धको चेतना, सामाजमा रहेको जातीय तथा वर्गीय संरचना र यसका आधारमा गरिएको सामाजिक विभेद तथा त्यसका विरुद्धको सङ्घर्षको रूप उक्त उपन्यासमा कसरी प्रस्तुत गरिएको छ भन्ने कुराको अध्ययन गरिएको छ । यसमा सामग्री सङ्कलन गर्न मूलतः पुस्तकालयको प्रयोग गरी प्राथमिक सामग्रीका रूपमा शरद पौडेलको लिखे उपन्यास र द्वितीयक सामग्रीका रूपमा दलित चेतनाका सैद्धान्तिक अध्ययन र प्रायोगिक विश्लेषण भएका पुस्तकहरू प्रयोग गरिएको छ । दलित चेतनासम्बन्धी सशक्त विषयवस्तु भएको लिखे उपन्यासलाई यहाँ सोद्देश्य ढङ्गबाट चयन गरिएको छ । गुणात्मक ढाँचामा रहेको यो लेखमा सामग्रीको विश्लेषण गर्दा पाठात्मक विधिमा र लेखको प्रस्तुतीकरण वर्णनात्मक विधिमा गरिएको छ । लिखे उपन्यासभित्र समाजमा रहेको दलित उत्पीडन हदैसम्मको अवस्था रहेको छ । यस्तो उत्पीडन जातीय, वर्गीय र लैङ्गिक प्रकारको रहेको छ भने सामाजिक, सांस्कृतिक तथा आर्थिक पक्षबाट यस प्रकारको उत्पीडन भएकामा त्यसका विरुद्धको चेतना यहाँ सशक्त रहेको छ । वर्गीय र जातीय मुक्तिका लागि उठेको चेतनाको आवाज यहाँ मुखर रहेको तर नारीको दोहोरो उत्पीडनका विरुद्धको आवाज भने शून्यप्राय रहेको निष्कर्ष प्राप्त भएको छ ।