‘मेरी सानी भतिजी प्रतिमा’ कथामा लैङ्गिक शक्तिसम्बन्ध

Authors

  • Narendra Prasad Koirala जनमैत्री क्याम्पस, बागमती प्रदेश विश्वविद्यालय

DOI:

https://doi.org/10.3126/jmcrj.v14i1.92847

Keywords:

शक्तिसम्बन्ध, विमर्शात्मक संरचना, प्रभुत्व, पितृसत्ता, लैङ्गिकता

Abstract

प्रस्तुत अध्ययन ‘मेरी सानी भतिजी’ कथामा रहेका पात्रहरूको बिचमा विद्यमान लैङ्गिक शक्तिसम्बन्धमा केन्द्रित छ । शक्तिसम्बन्ध सांस्कृतिक अध्ययनअन्तरगतको विशिष्ट प्रकारको विश्लेषण पद्धति हो । पाठमा लैङ्गिक दृष्टिले पात्रहरूको के कस्तो उपस्थिति रहेको छ र तिनको जीवनमा शक्तिको प्रयोगले के कस्तो प्रभाव पारेको छ भन्ने कुराको अध्ययन लैङ्गिक शक्तिसम्बन्धमा गरिन्छ । पाठमा प्रयोग भएका पात्रहरूका बिचमा देखिने पितृसत्ताको अवस्था, लैङ्गिक सम्बन्ध, लैङ्गिक विभेद अनि लैङ्गिक दमन, शोषण र उत्पीडनको अध्ययनबाट लैङ्गिक शक्तिसम्बन्धको निष्कर्षमा पुग्न सकिन्छ । प्रस्तुत लेखमा रमेश विकलद्वारा लिखित ‘मेरी सानी भतिजी प्रतिमा’ कथामा प्रभुत्वशाली केन्द्रीय संस्कृतिको पुरुष सत्ताले जीवनका सबै क्षेत्रमा आफ्नो एकलौटी वर्चस्व कायम गरी परिधिमा रहेको नारी समुदायमाथि सधैँ दमन र शोषण गरेर अमानवीय कार्य गर्छ भन्ने निष्कर्ष निकालिएको छ । यस लेखमा सामन्तवादी विमर्शात्म संरचनाका कारण दमनकारी पितृसत्ताको अवस्था देखिन्छ भने लैङ्गिक सम्बन्धको विश्लेषण गर्दा शत्रुतापूर्ण अवस्था पाइएको छ । पितृसत्ताको स्थापित र प्रसारित ज्ञानको साँचोमा प्रतिबन्धित भएका नारी पात्रद्वारा नै नारीमाथि चरम विभेद, दमन र शोषण भएको छ । नारी पात्रमा लैङ्गिक चेतनाको उदय हुन नसकेकै कारण नारी पुरुषसत्ताको संरक्षक, पृष्ठपोषक तथा प्रसारक बन्दा नारी पात्र नै चरम अन्यायमा पर्नुपरेको छ । यी विविध पक्षहरूको अध्ययन तथा विश्लेषणका लागि मुख्य रूपमा ग्राम्सीको प्रभुत्व सम्बन्धी चिन्तन र फुकोको ज्ञान, शक्ति र सत्य सम्बन्धी अवधारणा अनि सहायक रूपमा अन्य लेखकहरूका विचारको सहयोग लिइएको छ । यस प्रकारको अत्यन्त कारुणिक परिणतिको कारण तत्कालीन पञ्चायती व्यवस्थाका सापेक्षतामा निर्मित र विकसित सामन्तवादी विमर्शात्मक संरचनाको शक्ति भएको देखिन्छ । यसकै कारण भएको लैङ्गिक दृष्टिले असन्तुलित शक्तिसम्बन्ध हो भन्ने अन्तिम निष्कर्ष प्रस्तुत गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
3
pdf
0

Downloads

Published

2025-12-31

How to Cite

Koirala , N. P. (2025). ‘मेरी सानी भतिजी प्रतिमा’ कथामा लैङ्गिक शक्तिसम्बन्ध. JMC Research Journal, 14(1), 93–103. https://doi.org/10.3126/jmcrj.v14i1.92847

Issue

Section

Articles