आगन्तुक शब्दको प्रयोगले नेपाली भाषा शिक्षणमा पारेको प्रभाव

Authors

  • Meera Pradhan Janamaitri Multiple Campus

DOI:

https://doi.org/10.3126/jmcrj.v14i1.92844

Keywords:

अन्तर्राष्ट्रिय भाषा, आगन्तुक शब्द, नेपालीकरण, भाषिक सिप, राष्ट्रिय भाषा, स्रोत भाषा

Abstract

प्रस्तुत लेखमा नेपाली भाषामा प्रयोग भएका आगन्तुक शब्दको अवस्था र यसले शिक्षण सिकाइमा पारेको प्रभावका सम्बन्धमा चर्चा गरिएको छ । नेपाली भाषामा नेपालभित्र बोलिने विभिन्न राष्ट्रिय भाषा तथा नेपालबाहिर बोलिने अन्तर्राष्ट्रिय भाषाबाट आएर प्रयोगमा रहेका आगन्तुक शब्दहरू प्रशस्त रहेका छन् । विज्ञान प्रविधिको विकाससँगसँगै यसको प्रयोग दिन प्रतिदिन बढ्दै गएको देखिन्छ । विज्ञान प्रविधिले आविष्कार गरेका नयाँ नयाँ वस्तु तथा सेवाको नाम र कामसँग सम्बन्धित शब्दहरू एवम् अन्य विविध कारणले थपिएका शब्दहरूलाई हामीले जस्ताको तस्तै अनुकरण र प्रयोग गरेको कारणले पनि यो अवस्था सिर्जना भएको हो भन्न सकिन्छ । नेपाली भाषामा यस्ता शब्दहरू स्रोत भाषामा जस्तो छ त्यही रूपमा, नेपालीकरण गरेर, स्रोत भाषामा जस्तै र नेपालीकरण दुवै रूपमा प्रयोग गरिएको भेटिन्छ । नेपाली भाषामा कुनै विषय वा क्षेत्रमा अधिकांश प्रयोग भएका तथा नेपाली शब्दसरह (जतासुकै) प्रयोग भएका आगन्तुक शब्दहरू पनि प्रशस्त रहेका छन् । एउटै अर्थ बुझाउन एउटै भाषाबाट तथा दुई वा दुईभन्दा बढी भाषाबाट आएका फरक फरक आगन्तुक शब्दहरू पनि भेटिएका छन् । केही आगन्तुक शब्दहरू अनेकार्थी रहेका छन् । यस लेखमा विभिन्न क्षेत्रमा प्रयोग भइरहेका यस्ता आगन्तुक शब्दहरूको स्रोत भाषासहित पहिचान गरिएको छ । अन्त्यमा आगन्तुक शब्दको प्रयोगले नेपाली भाषा शिक्षणमा पारेको प्रभावको चर्चा गर्दै सरकारी तथा गैर सरकारी सङ्घसंस्थाहरूबाट उच्च प्राथमिकताका साथ नेपाली भाषाको संरक्षण र सम्बद्र्धनका लागि नीतिगत व्यवस्था गरेर यस्ता शब्दको प्रत्यक्ष आगमनलाई रोक्न सकेको खण्डमा केही हदसम्म नेपाली भाषाको मौलिकता र शुद्धता जोगाउन सकिने निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
4
pdf
0

Downloads

Published

2025-12-31

How to Cite

Pradhan, M. (2025). आगन्तुक शब्दको प्रयोगले नेपाली भाषा शिक्षणमा पारेको प्रभाव. JMC Research Journal, 14(1), 82–92. https://doi.org/10.3126/jmcrj.v14i1.92844

Issue

Section

Articles