हो–चि–मिन्हलाई चिठी कवितामा स्थानिकता
DOI:
https://doi.org/10.3126/jmcrj.v13i1.73386Keywords:
भियतनाम युद्ध, भूदृश्य, भू–प्रसारण, भू–समालोचना, सन्दर्भीकरणAbstract
प्रस्तुत लेखमा भूपी शेरचनको ‘हो–चि–मिन्हलाई चिठी’ कवितालाई काव्यिक पाठका रूपमा लिएर यसमा अभिव्यञ्जित स्थानिकता विश्लेषण गरिएको छ । यस कवितामा भौगोलिक, ऐतिहासिक र सांस्कृतिक समय, स्थान, स्थलको चित्रण गरी स्थानिकताको उपयोगले एसिया, युरोप र अमेरिकाको चिन्तन, उपनिवेशको सिर्जना तथा मुक्तियोद्धा हो चि मिन्हको निरन्तर सङ्घर्षशीलता एवम् प्रेरणाको उद्घाटन गरिएको छ भन्ने देखाउँदै इतिहासको लेखाजोखा र साम्राज्यवादविरुद्ध राष्ट्रिय क्रान्तिको आवश्यकता देखाउनु यस लेखको उद्देश्य हो । यसको सैद्धान्तिक ढाँचाको रचना गर्दा भू–काव्यशास्त्र, भू–समालोचना, स्थानिकता र भौतिक भूगोललाई आधार बनाइएको छ । स्थानिकताको अध्ययनका निम्ति चाहिँ मूल रूपमा लुटबक (सन् १९८४) र सोजा (सन् १९९६) का मान्यताबाट आधार लिई गुणात्मक शोधपद्धतिमा चयन गरिएका स्थानिक सन्दर्भमूलक पाठको सघन विश्लेषण गरिएको छ । यसमा स्थान–समय, भू–प्रसारण र सन्दर्भीकरण गरी तीन ओटा युक्ति अवलम्बन गरिएको छ । यसबाट स्थानिकताको निर्मिति भौगोलिक, ऐतिहासिक र सांस्कृतिक आधारमा तयार हुने हुँदा त्यसैअनुसार वक्ता तथा सम्बोधितको सम्बन्धलाई परिभाषित गरिएको हुन्छ भन्ने तथ्य स्पष्ट पारिएको छ । ‘हो–चि–मिन्हलाई चिठी’ कवितामा प्रयुक्त नेपाली वक्ता पात्रले सम्बोधित ‘तिमी’ पात्र अर्थात् भियतनामी योद्धा हो चि मिन्हप्रति देखाउने व्यवहार, क्रियाकलाप र चिन्तनले मुस्ताङको लेते खोला, पोखराको माछापुच्छे« हिमाल, काठमाडौँको बौद्धस्तुप र भियतनामको हनोईका साथै युरोपको रुस एवम् अमेरिकासम्मको राष्ट्रिय–अन्तरराष्ट्रिय भू–प्रसारण देखाएको हुनाले भियतनाम युद्ध (सन् १९५४—१९७५) को विम्बगत प्रभावलाई प्रबलताका साथ अभिव्यञ्जित गरिएको छ भन्ने निष्कर्ष यसमा निकालिएको छ ।