गोविन्दबहादुर मल्ल ‘गोठाले’का ‘निद्रा आएन’ कथामा समाख्याता र वाच्यत्व
DOI:
https://doi.org/10.3126/jmcrj.v11i1.59315Keywords:
वाच्यत्व, समाख्याता, बहिर्निष्ठ, अन्तरर्निष्ठ, सहानुभूतिशील, असंलग्न, परकथनात्मकAbstract
<>प्रस्तुत अध्ययन समाख्यानशास्त्रीय मान्यतामा आधारित छ । यस अध्ययनमा ‘गोठाले’का “निद्रा आएन” कथामा समाख्याता पहिचान र वाच्यत्व विश्लेषण गर्ने कार्य गरिएको छ । बालमनोविज्ञानमा आधारित प्रस्तुत कथा यस अनुसन्धानमूलक लेखको मूल विश्लेष्य सामग्री रहेको छ भने समाख्यानशास्त्रीय आधारमा कथालाई विश्लेषण गरिएको छ । आख्यानको सैद्धान्तिक अवधारणाको व्याख्या गर्ने शास्त्रलाई समाख्यानशास्त्र (न्यारेटोलोजी) भनिन्छ । कथामा कथावाचक समाख्याता हो भने समाख्याताको भनाइ वाच्यत्व हो । प्रस्तुत अध्ययनमा आख्यानको प्रकार्य तथा सम्बन्धहरूको निरूपण गरिएको छ । अर्थात् कथामा प्रयुक्त कथ्य, लेख्य तथा दृश्य संरचनाहरूको वर्णनात्मक ढाँचालाई विशेष ध्यान दिई समाख्याता र वाच्यत्व पहिचान गरिएको छ । यस अनुसन्धानले प्रस्तुत कथामा समाख्याता तृतीय पुरुष, कथासम्बद्धताका आधारमा बहिर्निष्ठ र पात्रसम्बद्धताको आधारमा असंलग्न, परकथनात्मक रहेको निष्कर्ष निकालिएको छ । यस्तै कथामा समाख्याता सहानुभूतिशील दृष्टिकोण भएको, संवेदनशील, बालमनोविज्ञान बुझ्ने क्षमतावान, समाजप्रति सकारात्मक दृष्टिकोण रहेको पुष्टि भएको छ । समाख्याताको स्वभावलाई पुष्टि गर्ने यी तथ्यहरू अर्थात् सूचकहरू नै समाख्यानात्मक वाच्यत्व रहेको निष्कर्ष अध्ययनको अन्त्यमा निकालिएको छ ।