बहुभाषिक विद्यालयमा नेपाली भाषाशिक्षकका समस्याहरू

Authors

  • गंगा बुढाथोकी क्षेत्री श्री जन जागृति मा.वि.महत, भूमे–६, रूकुम पूर्व, नेपाल

DOI:

https://doi.org/10.3126/jmcrj.v11i1.59314

Keywords:

बहुभाषिक, खाम भाषा, भाषिक सिप, व्याकरण, फेनोमेनोलोजी

Abstract

प्रस्तुत अध्ययन बहुभाषिक विद्यालयमा नेपाली भाषाशिक्षण गर्ने शिक्षकका समस्याहरूमा केन्द्रित रहेको छ । यस अध्ययनको मुख्य उद्देश्य बहुभाषिक विद्यालयमा नेपाली भाषाशिक्षण गर्ने शिक्षकहरूले भोगेका समस्याहरूको व्याख्या तथा विश्लेषण गर्नु रहेको छ । यस कार्यका लागि गुणात्मक अनुसन्धानअन्तर्गत फेनोमेनोलोजी अध्ययनमा आधारित भएर तथ्यहरू सङ्कलन गरिएको छ । रुकुम पूर्व जिल्लामा रहेका तीनवटा छुट्टाछुट्टै सामुदायिक विद्यालयका आधारभूत तहमा नेपाली भाषाशिक्षण गर्ने तीनजना शिक्षकहरूसँग गहिरो र लामो अन्तर्वार्ता लिई नेपाली भाषाशिक्षणका क्रममा उनीहरूले भोगेका समस्याहरूको संकलन र विश्लेषण गरिएको छ । प्रस्तुत अध्ययनका लागि मगर बस्तीमा अवस्थित विद्यालयहरूलाई छनोट गरिएको छ । विद्यालयमा अध्ययनरत बहुसंख्यक खाम मगरभाषी विद्यार्थीहरूको मातृभाषालाई सम्मान गर्दै आवश्यकताअनुसार दुबै भाषाको प्रयोग गरेर शिक्षणीय नेपाली भाषालाई प्राथमिकता दिई शिक्षण गरेमा भाषिक सिप प्राप्तिमा सहजता हुने र नेपाली भाषाशिक्षण प्रभावकारी हुने कुरा यस अध्ययनको मुख्य प्राप्ति रहेको छ । यस अध्ययनबाट विशेष गरी खाम मगरभाषी विद्यार्थीहरू र खाम मगर समुदायको बस्ती भएका विद्यालयमा नेपाली भाषाशिक्षण गर्ने शिक्षक तथा यस विषयमा चासो राख्ने जो कोहीलाई पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
93
PDF
35

Downloads

Published

2022-12-31

How to Cite

बुढाथोकी क्षेत्री ग. (2022). बहुभाषिक विद्यालयमा नेपाली भाषाशिक्षकका समस्याहरू. JMC Research Journal, 11(1), 77–88. https://doi.org/10.3126/jmcrj.v11i1.59314

Issue

Section

Articles