कक्षा १२ को नेपाली विषयमा आधारित स्तरीकृत प्रश्न निर्माण प्रक्रिया

Authors

  • राजेन्द्र खनाल Tribhuvan University

Keywords:

स्तरीकृत परीक्षा, विशिष्टीकरण तालिका, पूर्व परीक्षण, प्रश्न विश्लेषण, मानकीकरण

Abstract

यस लेखमा नेपाली विषयसँग सम्बद्ध स्तरीय परीक्षणका गुण, तिनको निर्माण प्रक्रिया तथा प्रश्नका उदाहरणसहित सैद्धान्तिक ज्ञान एवम् प्रयोगात्मक सिपसम्बन्धी धारणा प्रस्तुत गरिएको छ । यस लेखमा मूल्याङ्कनको परिचयात्मक पक्षसहित भाषिक मूल्याङ्कनका आधारभूत मान्यता, विशिष्टीकरण तालिका र त्यसको सान्दर्भिकता प्रस्तुत गरिएको छ । त्यस्तै, ब्लुम्सको शैक्षणिक क्षेत्रको तहगत वर्गीकरण एवम् नयाँ वर्गीकरणअनुसार ज्ञान, बोध, प्रयोग तथा उच्च दक्षतासँग सम्बद्ध प्रश्नहरू निर्माण गरी सोदाहरण चिनाइएको  छ । परीक्षणको स्तरीकरणका लागि पूर्व परीक्षणसँग सम्बद्ध सबै प्रक्रिया, प्रश्नको विश्लेषण तथा प्रश्नको मानकीकरण र अन्तिमीकरणका सबै प्रक्रियालाई सूक्ष्म किसिमले चिनाइएको छ । वर्णनात्मक विधिको प्रयोग गरिएको यस लेखमा प्रश्न निर्माणका सैद्धान्तिक र प्रयोगात्मक पक्षलाई मिश्रित किसिमले प्रस्तुत गरिएको छ । यस लेखमा नेपाली विषयसँग सम्बन्धित व्याकरण, बोध, रचना तथा सिर्जनात्मक क्षेत्रसँग सम्बन्धित विषयवस्तुमा आधारित भई ब्लुम्सको शैक्षणिक क्षेत्रको तहगत वर्गीकरण एवम् नयाँ वर्गीकरणअनुसार ज्ञान, बोध, प्रयोग तथा उच्च दक्षतासँग सम्बद्ध प्रश्नहरू निर्माण गरी सोदाहरण प्रस्तुत गरिएको छ । परीक्षणको स्तरीकरणका चरणबद्ध प्रक्रियालाई पनि यहाँ सूक्ष्म किसिमले चिनाइएको छ । त्यस्तै, प्रश्नपत्रमा समाविष्ट प्रश्हरूको कठिनाइस्तर, वैधता, विश्वसनीयता, विभेदकारिताजस्ता गुणहरूको अनिवार्यताबारे स्पष्ट पारिएको   छ । वास्तविक परीक्षणका लागि प्रश्नपत्रको अन्तिमीकरण गरिसकेपछि सोही व्यक्तिले कार्यसम्पादनपश्चात् प्रश्नपत्र खामबन्दी वा सिलबन्दी गरिसकेपछि अत्यन्त गोप्य रूपमा जिम्मेवार निकायमा बुझाउनुपर्ने सन्दर्भलाई पनि यस लेखमा प्रस्ट्याइएको छ । यस लेखलाई मूलतः कक्षा १२ को अनिवार्य नेपाली विषयमा केन्द्रित गरिएको भए पनि माध्यमिक तहमा स्तरीकृत प्रश्न निर्माणका समग्र प्रक्रिया उल्लेख गरिएकाले सम्बद्ध शिक्षक तथा प्राश्निकका लागि फलदायी हुने अपेक्षा गरिएको छ ।

Abstract
177
PDF
0

Author Biography

राजेन्द्र खनाल, Tribhuvan University

उपप्राध्यापक

Downloads

Published

2021-12-31

How to Cite

कक्षा १२ को नेपाली विषयमा आधारित स्तरीकृत प्रश्न निर्माण प्रक्रिया. (2021). JMC Research Journal, 10(01), 86-96. https://doi.org/10.3126/jmcrj.v10i01.51304

Issue

Section

Articles

How to Cite

कक्षा १२ को नेपाली विषयमा आधारित स्तरीकृत प्रश्न निर्माण प्रक्रिया. (2021). JMC Research Journal, 10(01), 86-96. https://doi.org/10.3126/jmcrj.v10i01.51304