‘लाहुरी भैँसी’ कथामा शक्तिसम्बन्ध

Authors

  • नरेन्द्रप्रसाद कोइराला Janamaitri Multiple Campus

Keywords:

प्रभुत्व, विमर्शात्मक संरचना, अभिजात, परिधीय, प्रतिनिधित्व, सीमान्तीकरण, शक्तिसम्बन्ध

Abstract

प्रस्तुत अध्ययनलाहुरी भैँसीकथामा प्रयुक्त पात्रहरूका बिचको शक्तिसम्बन्ध विश्लेषणमा आधारित शक्तिसम्बन्धले साहित्यिक कृतिमा समुदायका सांस्कृतिक समूहको के कस्तो उपस्थिति गराइएको तिनलाई के कसरी चित्रण गरिएको भन्ने तथ्यलाई प्रस्ट पार्छ शक्तिसम्बन्धको सैद्धान्तिक अवधारणाअनुसार कथाभित्र शक्तिसम्बन्धका आधारमा भएको सीमान्तीकरणको प्रक्रिया, सीमान्तीकृत पात्रको प्रतिनिधित्व सीमान्तीकृत पात्रका सम्बन्धमा बोलिएका आवाजहरू समेतको विश्लेषणका आधारमा निष्कर्षमा पुग्न   सकिन्छ प्रस्तुत लेखमा रमेश विकलद्वारा लिखितलाहुरी भैँसीकथामा सीमान्तीकरणका प्रक्रियाको विश्लेषण गरी असन्तुलित शक्तिसम्बन्धका कारण प्रभुत्वशाली अभिजात वर्गको केन्द्रीय संस्कृतिले सीमान्तीकृत वर्गको परिधीय वा अधीनस्थ संस्कृतिलाई सधैँ किनारामै सीमित गरिरहन्छ भन्ने निष्कर्ष निकालिएको यस अध्ययनमा अधीनस्थ पात्रको प्रतिनिधित्वको विश्लेषण गरी असन्तुलित ढाँचाको शक्तिसम्बन्ध भएको तत्कालीन नेपालको मध्यपहाडी ग्रामीण क्षेत्रका बाहुन, क्षेत्री समुदायभित्र अभिजात वर्गको प्रभुत्व कायम राख्न उपयुक्त प्रकारको प्रतिनिधित्व गराइएको निष्कर्षमा पुगिएको त्यसैगरी असन्तुलित शक्तिसम्बन्धकै कारण उदीयमान सांस्कृतिक वर्गका पात्रहरूका आवाजले आफ्नै वर्गको विनाश गरी अभिजात वर्गलाई स्थापित गर्न सहयोग गरेको निष्कर्ष निकालिएको यी विविध पक्षको विश्लेषणका लागि सीमान्तीयता, ज्ञान शक्तिसम्बन्धी सिद्धान्त तथा मिचेल फुको, एन्टोनियो ग्राम्सी, गायत्री स्पिभाक चक्रवर्ती आदिका विचारहरूलाई आधार बनाइको प्रस्तुत कथाको समग्र विश्लेषणपछि विमर्शात्मक संरचनामा स्थापित ज्ञान शक्तिका कारण २०१७ सालपछिको मध्यपहाडी नेपाली समाजको अभिजात वर्ग सीमान्तीकृत वा अधीनस्थ वर्गका बिचमा विभेदकारी तथा अत्यन्त विषम प्रकारको शक्तिसम्बन्ध रहेको निष्कर्ष निकालिएको  

Abstract
169
PDF
0

Author Biography

नरेन्द्रप्रसाद कोइराला, Janamaitri Multiple Campus

उपप्राध्यापक

Downloads

Published

2021-12-31

How to Cite

‘लाहुरी भैँसी’ कथामा शक्तिसम्बन्ध. (2021). JMC Research Journal, 10(01), 69-85. https://doi.org/10.3126/jmcrj.v10i01.51303

Issue

Section

Articles

How to Cite

‘लाहुरी भैँसी’ कथामा शक्तिसम्बन्ध. (2021). JMC Research Journal, 10(01), 69-85. https://doi.org/10.3126/jmcrj.v10i01.51303