लैङ्गिक सवालका सन्दर्भमा कक्षा शिक्षणमा महिलाको शिक्षकको अनुभव [Women teachers' experiences in classroom teaching with regard to gender issues]

Authors

  • Hira Pandey हीरा पाण्डे Janamaitri Multiple Campus

DOI:

https://doi.org/10.3126/jmcrj.v9i1.49387

Keywords:

कक्षा शिक्षण, पितृसत्तात्मक सोच, लिङ्ग, लैङ्गिकता, विभेदपूर्ण व्यवहार, Class teaching, Patriarchal thinking, Gender, sexuality, discriminatory treatment

Abstract

प्रस्तुत अध्ययन कक्षा शिक्षणमा महिला शिक्षकहरूको अनुभवमा केन्द्रित रहेको छ । लैङ्गिक सवालका सन्दर्भमा महिला शिक्षकहरूको कक्षा शिक्षणको अनुभव सङ्कलन गरी विश्लेषण गर्नु यस अध्ययनको उद्देश्य रहेको छ। गुणात्मक अनुसन्धान अन्तर्गतका विभिन्न विधिहरुमध्ये परिघटनामूलक (फेनोमेनोलोजी) अध्ययनमा आधारित भएर गरिएको छ । यस क्रममा काठमाडौँ जिल्लाका विद्यालय, सामुदायिक क्याम्पस र आङ्गिक क्याम्पसमा अध्यापन गर्ने तीनजना महिला शिक्षकहरूसँग गहिरो र लामो अन्तर्वार्ता लिई उनीहरूका अनुभवहरू सङ्कलन गरेर कक्षा शिक्षण कार्यमा देखिएका समस्याहरूको अध्ययन विश्लेषण गरिएको छ । यस अध्ययनसम्बन्धी पूर्व सूचनाको लागि पुस्तकालयीय अध्ययन प्रक्रिया अवलम्बन गरिएको छ । हाम्रो समाजिक पृष्ठभूमिको प्रभावले कलेज तथा विद्यालयमा लैङ्गिक सवालहरू खडा हुने भएकाले कक्षा शिक्षण गर्दा महिला शिक्षकहरूलाई विद्यार्थीहरूले गर्ने विभेदपूर्ण व्यवहार र त्यसले शिक्षकहरूमा पार्ने असरलाई विश्लेषण गर्दै त्यसलाई कसरी सामधान गर्न सकिन्छ भन्ने कुरालाई निष्कर्षमा लिइएको छ । यस अध्ययनबाट विभेदपूर्ण व्यवहार गर्ने हाम्रो समाजका सम्पूर्ण वर्ग तथा पक्षमा सही सूचना सम्प्रेषण हुने अपेक्षा पनि लिइएको छ ।

Downloads

Download data is not yet available.
Abstract
20
PDF
12

Downloads

Published

2020-12-31

How to Cite

Pandey पाण्डे H. ह. (2020). लैङ्गिक सवालका सन्दर्भमा कक्षा शिक्षणमा महिलाको शिक्षकको अनुभव [Women teachers’ experiences in classroom teaching with regard to gender issues]. JMC Research Journal, 9(1), 86–97. https://doi.org/10.3126/jmcrj.v9i1.49387

Issue

Section

Articles