‘राजनीति’ कथामा सबाल्टर्न 'Rajniti' Kathama Subaltarn
DOI:
https://doi.org/10.3126/jmcrj.v7i1.34378Keywords:
सबाल्टर्न Subalturn, वर्गीय bargiya, जातीय jatiya, वैचारिक Vaicharik, स्थान Sthan, प्रभुत्व Prabhutwa, प्रतिरोध pratirodh, अभिजात AbhijatAbstract
प्रस्तुत लेखमा कथाकार नारायण ढकालद्वारा लिखित ‘राजनीति’ कथालाई सबाल्टर्न
सिद्धान्तका कोणबाट विश्लेषण गरिएको छ । समाजमा सदियौंदेखि रहेर अमूल्य योगदान गरे
पनि इतिहास लुकाइएका, अधिकार खोसिएका, आवाज दबाइएका, कमजोर तथा अपहेलित
समुदाय नै समग्रमा सबाल्टर्न हो । सबाल्टर्न एउटा छाता शब्द भएकाले यसभित्र धेरै कुरा
अटाउन सक्ने भए पनि यस लेखमा विवेच्य कथामा रहेको वर्गीय, जातीय र वैचारिक
सबाल्टर्नको अवस्था अनि उनीहरूको सामाजिक स्थान, प्रभुत्व र प्रतिरोधको अवस्थाको
विश्लेषण गरिएको छ । यस कथामा वर्गीय, जातीय, वैचारिक सबाल्टर्नका रूपमा माझी
परिवार रहेको छ भने मुखिया तथा अन्य कर्मचारीहरू गैरसबाल्टर्न वर्गका प्रतिनिधिका
रूपमा रहेका छन् । सबाल्टर्न वर्गको सामाजिक स्थान अत्यन्त कष्टपूर्ण अवस्थामा छ भने
अभिजात वर्गको केन्द्रीय संस्कृतिको प्रभुत्व नै सबैमाथि शासन गर्न सफल भएको हुनाले
सबाल्टर्न वर्गको प्रतिरोध सामथ्र्य विफल भएको देखाइएको छ । सबाल्टर्न सिद्धान्तभित्र
समेटिन आउने महत्त्वपूर्ण क्षेत्रहरू वर्गीय, जातीय, वैचारिक सबाल्टर्नको अवस्था अनि
उनीहरूको सामाजिक स्थान, प्रभुत्व र प्रतिरोध चेतना आदि सबैको सुन्दर संयोजन भएको
यो कथा सबाल्टर्नमैत्री कथा हो भन्ने निष्कर्ष निकालिएको छ ।