बैष्णव धर्ममा अवतारवाद

Authors

  • सुशीलकुमार अधिकारी महेन्द्र माेरङ आदर्श बहुमुखी क्याम्पस विराटनगर

Keywords:

अमानुष अवतार, मानुष अवतार, मनुष्यकाे देवत्वकण, हिन्दूधर्म

Abstract

प्रस्तुत लेख बैष्णव धर्ममा अवतारवादसम्बद्ध समस्यामा केन्द्रित छ भने यसको समाधान अमानुष अवतार, मानुष अवतार र मनुष्यको देवत्वकरणका आधारमा भएको छ । यो लेख गुणात्मक अनुसन्धधान विधि र पुस्तकालयबाट सङ्कलित द्वितीयक सामग्रीका आधारमा विश्लेषण र अर्थापन भएको छ । सनातन संस्कृतिको आवरणमा रहेको हिन्दूधर्मको एक सम्प्रदाय वा धार्मिक समूह बैष्णव हो । भगवान् विष्णुलाई शक्तिशाली, पालन र तारणहारको प्रतिबिम्बका रूपमा स्थापित गरी यसैका विभिन्न समयमा विभिन्न अवतारको परिकल्पना गरी मानव उद्धार र मोक्षको कारकका रूपमा निर्माण भएका भाष्यमा अवतारवादको विशेष चर्चा भएको छ । अवतारको पृथ्वीमा अवतरण हुनुको तात्पर्य धर्मको रक्षा रहेको विषयलाई प्राथमिकतापूर्वक व्याख्या गर्ने हिन्दूग्रन्थमा अवतारमा विविधता रहे पनि बैष्णव धर्मले भने मत्स्य, कुर्म, बराह, नृसिंह, वामन, परशुराम, राम, कृष्ण र बुद्धको अवतार अवतरित भई धर्म रक्षा गरिसकेको भाष्य निर्माण गरेका छन् । हिन्दू धर्मले स्वीकार गरेका सबै देवताले पृथ्वीमा अवतार धारण गरेको विषय पौराणिक साहित्यले विवेचना गरे पनि विष्णुकै अवतारमात्र केन्द्रीय विषय बनेको अवतारवादमा दशौं अवतार अवतीर्ण हुन बाँकी रहेको तथा त्यसको नाम कल्की रहेको विषय प्रस्तुत भएको यस लेखमा बैष्णव धर्ममा अवतार र अवतारवादको विषयमा भएका अवधारणामाथि विमर्श भएको छ ।

Abstract
354
pdf
0

Downloads

Published

2023-12-31

How to Cite

बैष्णव धर्ममा अवतारवाद. (2023). The Journal of Knowledge and Innovation, 9(2), 86-91. https://doi.org/10.3126/jki.v9i2.55318

Issue

Section

Nepali Section (peer review)

How to Cite

बैष्णव धर्ममा अवतारवाद. (2023). The Journal of Knowledge and Innovation, 9(2), 86-91. https://doi.org/10.3126/jki.v9i2.55318