एक चिहान उपन्यासमा वर्गीय पक्षधरता

Authors

  • Ajit Khanal Butwal Multiple Campus, Oxford College, Butwal

DOI:

https://doi.org/10.3126/aoj.v8i1.91092

Keywords:

प्रेम–प्रणय, शोषण–उत्पीडन, वर्गीय पक्षधरता, जीवनदशा

Abstract

प्रस्तुत लेखमा हृदयचन्द्रसिंह प्रधानको आख्यानात्मक कृति एक चिहान (२०११) उपन्यासको अध्ययन गरिएको छ । एक चिहान उपन्यास निम्नवर्गीय किसानका जीवनदशामा आधारित भएर लेखिएको हुनाले यसको अध्ययन–विश्लेषणमा प्रगतिवादी साहित्यिकमान्यतालाई सैद्धान्तिक आधार बनाइएको छ । अध्ययनका क्रममा उपन्यास विधाको परिचयात्मक सङ्केतन गरी प्रगतिवादी उपन्यासयात्राको प्रारम्भ, प्रधानको उपस्थिति र एक चिहान उपन्यासको स्थान निर्धारण गरिएको छ । अध्ययनका क्रममा एक चिहान उपन्यास लेखनका पृष्ठभूमिको उल्लेख गरी उपन्यासको कथ्यसन्दर्भका आर्थिक, सामाजिक–सांस्कृतिक शोषण सन्दर्भ, ग्रामीण किसानका जीवनदशा, प्रेम, प्रणय र नारी–उत्पीडनका सन्दर्भबाट निम्नवर्गीय पक्षधरताको अध्ययन गरिएको छ । उपन्यासमा उल्लिखित सन्दर्भका माध्यमबाट निम्नवर्गीय पक्षधरता प्रबल रूपमा अभिव्यक्त भएको पुष्टि गरिएको छ । यसबाट एक चिहान उपन्यास निम्नवर्गीय पक्षधरता अँगालेर लेखिएको प्रगतिवादी प्रगतिवादी उपन्यास हो भन्ने निष्कर्ष निकालिएको छ । प्रधानले यस कृतिका माध्यमबाट प्रगतिवादी औपन्यासिक धारालाई बलियो आधार प्रदान गर्दै यसलाई गतिशील बनाउने कार्यमा महङ्खपूर्ण योगदान दिएको ठहर गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
0
PDF (Nepali)
0

Downloads

Published

2025-12-31

How to Cite

Khanal, A. (2025). एक चिहान उपन्यासमा वर्गीय पक्षधरता . Annual Oxford Journal, 8(1), 1–14. https://doi.org/10.3126/aoj.v8i1.91092

Issue

Section

Articles